जेनजीको अन्योलता

सम्पादकीय
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले सत्ता परिवर्तन भएको एक महिना पुग्न थाल्यो । यो समयमा निर्बाचन आयोगले निर्बाचन तालिका बाहिर ल्याएको छ । निर्बाचन समयमै हुने शंका भइरहेकाबेला निर्बाचन आयोगले तालिका सार्वजनिक गरेपछि दुई थरी बिचार आउन थालेका छन् । एकथरीले निर्बाचन नगराइ सुखै छैन त्यही भएर तालिका आएको हो भन्ने गरेका छन् भने अर्काथरीले यति सजिलै निर्बाचन हुन नसक्ने भन्न थालेका छन् । जेनजीको आन्दोलनका नाममा यतिखेर बिभिन्न माग राख्न थालिएको छ । अगुवा को हुन् भन्ने प्रष्ट छैन किन भने यो आन्दोलन भ्रष्टाचार मुक्त समाज निर्माण गर्न र युवाले काम गरेर खाने वातावरण बनाउ भनेर दबाब दिनका लागि भएको थियो । सामाजिक सञ्जाल मार्फत दबाब ¥यालीमा आएका बिद्यार्थीले आन्दोलनले यो रुप लेला भन्ने सोचेका थिएनन् । एकाएक धेरैको मृत्यु भएपछि सडकबाट सत्तामा रहेका नेताहरुलाई हटाइएको छ । यसरी सडकबाट सत्ताधारी लाई हटाउन सकिएला भन्ने कल्पना थिएन । त्यसैले त नेताहरुले सांसद संख्या मात्र हेर्ने गरेका थिए । हरेक पार्टीका सांसदहरुलाई साथ लिएर कहिले बहुमतको कुरा गरे कहिले दुई तिहाईको कुरा गरे । सत्ता जोगाउने कुरा गरेका नेताहरुले भ्रष्टाचार रोक्ने सवालमा अलिकति पनि पहल गरेन्न बरु भ्रष्टहरुको खुलआम संरक्षण गर्दै आएका थिए । जनता आजित थिए तर जेनजीको आन्दा्ेलन बारे पर्दा खुल्दै जाँदा नागरिक निरास छन् । दलका नेताहरुले चरम बेथिति निम्ताए आन्दोलन भयो ठिक भयो भन्दै जाँदा यो अदृष्य नाटकीय सत्ता परिवर्तन भविष्यमा काल बन्ने हो की भन्ने आम चिन्ता छ । यसरी सडकबाट सत्ता परिवर्तन गर्दै जाँदा मुलुक द्वन्दमा फस्छ भन्ने धेरैलाई लागेको छ । जेनजीको अन्योलता बढ्दै गएको छ । एउटा समूह बनाउँदै हाम्रो माग यो हो भन्न थालिएको  छ । सरकारले पनि आफु खुसि जेनजीका नेता मान्दै आएको छ । यतिखेर सरकारले जेनजीका नाममा आफ्नो स्वार्थ अनुसार काम गर्न थालेको छ । सडकबाट सत्ता परिवर्तन भएपछि यतिखेर कसैले अहिलेकै व्यबस्था ठिक छ भनेर वकालत गर्न थालेका छन् भने कसैले यत्रो परिवर्तन यही व्यबस्था राख्नका लागि होइन भन्न थालेका छन् । यसरी देश अन्योलको अवस्थामा छ । देश कता जाने हो भनेर अहिलै भन्न सकिने अवस्था छैन । देश यतिखेर षडयन्त्रको शिकार भएको छ । तसर्थ आम नेपाली जनता सचेत हुन जरुरी छ । देशका बारेमा सुझबुझ भएर आफ्नो बिचार राख्न जरुरी छ । देशकै अस्तित्व संकटमा छ । कतिबेला बिदेशीले परेड खेल्ने हुन भन्ने अवस्था छ । देश बचाउने सबैको जिम्मेवारी हो ।