जेष्ठ नागरिकलाई भत्ता बुझ्न समस्या, ग्यासका सिलिण्डरको ओतो लागेर भत्ता बुझ्न लाइनमा

टीकापुर, १० जेठ/राज्यले जेष्ठ नागरिकलाई उपलव्ध गराउने भत्ता सहजरुपमा बाड्न सकेको छैन् । एकातिर जेष्ठ नागरिकले भत्ता बुझ्न बैङ्कमा लाम लाग्नुपर्ने समस्या त छदै छ अर्को तर्फ बैङ्कले भत्ता दिदा साना नोट दिएर थप समस्यामा पार्ने गरेका छन् ।
बैङ्कमा थुप्रिएका रु. ५, १० र २० का नोट दिएपछि जेष्ठ नागरिकलाई भत्ता घरमा पु¥याउन र थन्क्याउन समस्या भएको छ । ‘‘अधिकांस जेष्ठ नागरिकले आफ्नो भत्तालाई सुरक्षित तरिकाले प्रयोग गर्ने गर्छन् त्यसका लागि बोक्न र सुरक्षित राख्न सकिने गरी ठूला साना नोट मिलाएर दिनुपर्ने हो तर बैङ्कले बुद्धि पु¥याएको पाइदैन,’’ स्थानीय कमला न्यौपानेले भन्नुभयो, ‘‘रु. १० र २० का नोट जेष्ठ नागरिकले कसरी बोक्न सक्छन् रु’’ उहाँले भत्ता बुझ्न टन्टलापुर घाममा बस्नुपर्ने बाध्यता छ भने अर्कोतर्फ साना नोट दिएर जेष्ठ नागरिकलाई सताउने गरिएको छ भन्नुभयो ।


बैङ्कले सामाजिक सुरक्षा भत्ता बुझ्न आउने नागरिकलाई कसरी सजिलो हुन्छ भन्ने बारेमा ध्यान दिएको पाइदैन । चर्को गर्मीमा कतिपय छाता ओढेर बसेका हुन्छन् भने कतिपय खुल्ला आकाशमा लाइनमा बसेका हुन्छन् । ग्लोबल आईएमइ बैङ्कमा आउने जेष्ठ नागरिकले बैङ्क नजिक रहेको पसलमा राखिएका ग्यासको सिलिण्डरको ओत लागेर भत्ता बुझ्ने लाइनमा बसेका हुन्छन् । यसरी बैङ्कले सेवाग्राहीका बारेमा सोचेको पाइदैन ।
सामाजिक सुरक्षा भत्ता बाड्न बैङ्कहरुले हानथाप गर्छन् तर बाड्ने बेला सुबिधा दिने बारेमा सोच्ने गरेको पाइदैन सामाजिक कार्यकर्ता निर्मला कडायतले बताउनुभयो । ‘‘बैङ्कहरुले जेष्ठ नागरिकलाई कसरी सहज हुन्छ भनेर गम्भिरता देखाएको पाइदैन,’’ कडायतले भन्नुभयो, ‘‘घाममा लाइन बसेको देख्दा बैङ्कका कर्मचारीलाई आफ्ना बुबा आमाको याद आउनुपर्ने हो ।’’ उहाँले जेष्ठ नागरिकले कुरा नबुझ्दा केही समस्या भएपनि बैङ्कहरुले चासो नदेखाउँदा बढी समस्या देखिएको हो भन्नुभयो ।


उहाँले साना नोट दिनु मात्र गलत हो भन्दै बैङ्कले आफ्नो समस्या जेष्ठ नागरिकको थाप्लोमा हालेको पनि बताउनु      भयो । टीकापुर नगरपालिकाले मात्र ८ हजार ७ सय ७७ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्छ । यसरी वितरण गरिने भत्ता बैङ्क मार्फत हुने गरेको छ ।
नगरपालिकाले १ देखि ५ वडाको भत्ता फरकफरक बैङ्क मार्फत वितरण गर्ने गरेको छ । वडा नं. ६ र ७ एउटा बैङ्कलाई जिम्मा दिएको छ भने ८ र ९ अर्को बैङ्कलाई जिम्मा दिइएको छ । सामाजिक सुरक्षा भत्ता प्रत्येक ३÷३ महिनामा वितरण गरिने गरिएको छ । यसरी वितरण गर्दा नगरपालिकाले तेस्रो चौमासिकमा मात्रै रु. ८ करोड १० लाख बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
सरकारले जेष्ठ नागरिक भत्ता, दलित, एकल महिला, अल्प संख्यक, जेष्ठ एक महिला, पूर्ण अपाङ्ग, अति अशक्त, दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । अन्य जेष्ठ नागरिक ६८ वर्ष पुगेपछि भत्ता पाउँछन् भने दलितले ६० वर्ष पुगेपछि भत्ता पाउँछन् ।