जेसीजको क्षेत्र ‘घ’ सम्मेलनका लागि अन्तरक्रिया कार्यक्रम

टीकापुर, १८ अषाढ\ नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनका लागि शुक्रवार अन्तर–क्रिया कार्यक्रम सप्पन्न भएको छ ।
नेपाल जेसीजको आयोजना तथा टीकापुर जेसीजको आतिथ्यतामा हुन लागेको क्षेत्र ‘घ’ सम्मेलनका लागि राष्ट्रिय अध्यक्ष तथा पदाधिकारीहरुसँग को अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल जेसीज वर्ष २०२२ का अध्यक्ष लालमणी भण्डारीले क्षेत्र ‘घ’ सम्मेलनमा अवसर भन्दा बढी चुनौती रहेको बताउनु भएको छ । उहाँले सबै पदाधिकारीहरुको साथ सहयोग भएपछि मात्रै सम्मेलन लाई सफलतापुर्बक सम्पन्न गर्न सकिने बताउँदै बाहिरबाट सजिलो देखिए पनि भित्र काम गर्न निकै चुनौतीपूर्ण रहेको बताउनुभयो ।
‘सबैभन्दा ठूलो कुरा आर्थिक हो । आर्थिक भए काम गर्न त्यति कठिन नहोला तर, आर्थिक व्यव–स्थापन कताबाट गर्ने भन्ने कुरा महत्वपूर्ण छ ।’ राष्ट्रिय अध्यक्ष भण्डारीले भन्नुभयो, ‘यस्ता समस्यालाई सुल्झाउँदै अगाडि बढ्न सक्नु नै युवाहरुको पहिचान हो ।’ उहाँले वर्ष २०२२ टीकापुर जेसीजका लागि विशेष वर्ष रहेको बताउँदै आगामी क्षेत्रीय सम्मेलनमा नेपाल जेसीजको आर्थिकमात्रै नभई अन्य सहयोग पनि सधैभरी रहने बताएका छन् ।


यहीँ भदौ २४ र २५ गते हुने क्षेत्र ‘घ’ सम्मेलनका लागि आवश्यक छलफल र समन्वय भैरहेको बताउँदै टीकापुर जेसीज वर्ष २०२२ का अध्यक्ष टोपप्रकाश विकले सम्मेलन–लाई सफल बनाउनको लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । ।
अन्तरक्रिया कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अनिल शाह, टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्राध्यापक डा। जगतबहादुर सिंह रावल, निवर्तमान अध्यक्ष लक्ष्मण थापा लगायतले धारणा राख्नु भएको थियो । महा सचिव मंगल साउँदले संचालन गर्नुभएको कार्यक्रमको स्वागत कार्यकारिणी उपाध्यक्ष रुपक बहादुर बिष्टले गर्नुभएको थियो