टीकापुरका जनप्रतिनीधिले अध्धयन गर्न जरुरी छ

सम्पादकीय
अहिले हरेक जनप्रतिनीधि रातारात बालेन बन्ने होडबाजीमा छन् । बालेनको अवस्था र अन्य स्थानीय तहको अवस्था एउटै नहुन सक्छ । हरेक स्थानीय तहको समस्या अलग अलग हुन्छन् । एउटै शैली अपनाउँदा समस्या आइलाग्छ । टीकापुर नगरपालिकाका जनप्रतिनीधिको पनि इच्छा हुन सक्छ बालेन बन्ने । राम्रो मान्छे बन्न खोज्नु राम्रो पक्ष हो । तर राम्रो मान्छे बन्न लहडमा होइन अध्ययन गरेपछि भइन्छ । बालेनले डोजर लगाएर हिरो भएको मात्र देख्ने जनप्रतिनीधिले रातदिन नभनी अध्ययन गरेको कुरा चाल पाएका छैनन् । आफुले मात्र अध्ययन गरेनन् सल्लाहाकार राख्दा बिज्ञ राखेका छन् । यसरी उनले एकपछि अर्काे सफलता पाउँदै गएका हुन् । टीकापुरमा मेयरले वालेन बन्न वार्ड नम्बर ४ मा डोजर चलाए । पहिलो दिन दुईवटा टहरा हटाएर सामाजिक सञ्जालमा देखिए । अर्काे दिनदेखि चुपचाप छन् । यसको एउटै कारण हो टीकापुरका जनप्रतिनीधिसंग नत योजना छ , नत अध्ययन नै । हचुवाका भरमा अधिकार प्रयोग गर्न खोज्दा जनप्रतिनीधिको आलोचना हुन थालेको छ । अतिक्रमण हटाउन पहिला त प्राबिधिक पठाएर अध्ययन गर्नुप¥यो । के वार्ड नम्बर ४ का दुई टहरा टीकापुरको खास समस्या हो । ति टहरा हटाउनुपर्ने हुन सक्छ तर त्यसको अध्ययन खै ? बिना अध्ययन पूर्बाग्रह भएर काम गरेको छनक आउँछ भने त्यसले द्वन्द मात्र निम्ताउँछ । बजारको धुलो रोकथाममा चासो छैन । बजारको धुलोले आम नागरिकको स्वास्थ्यमा गम्भिर समस्या पार्दै छ त्यसमा ध्यान छैन । डोजरमा ध्यान लगाएर आफ्ना कमजोरी ढाकछोप गर्नु गलत हो । टीकापुर नगरपालिकामा नयाँ आएका जनप्रतिनीधिले काम गर्नुको साटो केवल जनतालाई ठग्ने काम गर्दै छन् । आर्थिक बर्ष २०७७/०७८ मा ६ करोड रुपैयाँ भन्दा बढी बेरुजू छ । महालेखाले निकालेको बेरुजूको बारेमा जनप्रतिनीधिले अध्ययन गरेर काम गर्ने हो भने कर्मचारीले आउँदा दिनमा गलत काम गर्न सक्दैन थिए । गर्नुपर्ने काम नगर्ने अनी झारा टारेर जनता ठग्ने काम बन्द गरौं । जनता पनि सचेत हुनुपर्ने बेला आएको छ । हैन भने अब का ५ बर्ष टीकापुरका लागि धिक्कारका बर्ष हुने निश्चित  हो ।