टीकापुरका व्यापारीलाई न तर्साउ

सम्पादकीय
टीकापुरको संरचना भबिश्यका बारेमा सोचेर तयार पारिएको हो । सडक चौडा र बिभिन्न संघ संस्थालाई दिइए को जग्गा पनि भबिश्यका बारेमा सोच राखेको पाइन्छ । बजारको मुख्य क्षेत्रमा अस्पताललाई जग्गा दिएर अस्पतालको संरचना निर्माण गरिएको छ । अस्पतालको जग्गामा यतिखेर डेढ दुई सय व्यापारीले व्यबसाय गर्दै आएका छन् । अस्पतालको जग्गा व्यापारिक प्रयोजनका लागि भाडामा जानु राम्रो पक्ष हो । व्यापारिक प्रयोजनबाट राम्रो आम्दानी हुन्छ भन्ने सबैले थाहा पाएको कुरा हो । अस्पतालको व्यापारिक जग्गा समय अनुसार व्यबस्थित गर्न जरुरी छ । टीकापुर अस्पतालमा यतिखेर केही सुबिधा बढाइएको छ । टीकापुर अस्पतालमा डाक्टर आउने क्रम बढ्न थालेको छ । अस्पताल व्यबस्थापन समितिले अस्पतालको आन्तरिक आयस्रोत बढाउन पहल गर्नुपर्ने हुन्छ । अस्पतालमा कार्यरत कर्मचारी बर्षाै देखि शोषणमा परेका छन् तर यसमा व्यबस्थापन समितिको ध्यान गएको पाइदैन । जग्गाबाट हुने आम्दानीलाई बलियो बनाउने बारेमा नगरपालिकाले सोच्न जरुरी छ । अस्पतालको जग्गा खाली गर्नुपर्छ भन्ने तर्क यतिखेर व्यबस्थापन समितिका केही सदस्यहरुले गर्न थालेका छन् । अस्पतालको आम्दानी बढाउनुको साटो कम गर्ने सोचले अस्पताल बलियो हुँदैन । यतिखेर अस्पतालले बिमा कार्यक्रमबाट लाभ लिइरहेकाले आम्दानी देखिएपनि अस्पतालको बजेट खासै छैन । बजेट बढाएर सेवा दिनुको साटो व्यबसाय गरेर बसेका व्यवसायीलाई तर्साउने काम भइरहेको छ । अहिले देशभर मन्दी छ । यस्तो मन्दीमा व्यबसाय गर्नेहरुलाई कसरी सहज वातावरण बनाउँन सकिन्छ भन्ने सोच बनाउँनुको साटो व्यबसायीलाई बिस्थापित गर्ने प्रयास भइरहेको छ । यस्तो सोचले टीकापुरको विकास कसरी हुन्छ ? संघ संस्थाबाट सुबिधा खाने अनी नागरिकले काम गरेर खाँदा समस्या गर्ने सोचले टीकापुरमा कसरी बिश्वासको वातावरण बन्छ ? कसैले काम गरेर खाएको रिस मात्र गर्ने हो भने टीकापुरमा किन बस्ने ? राजनीति गरेर खानेहरुले त यताउती लुटलाट गर्लान अनी आम नागरिकले के गर्ने ? अस्पताललाई व्यापारिक प्रयोजन को जग्गा उपलव्ध गराउनुको उदेश्य समेत थाहानपाउँनेहरुले के संस्था चलाउछन् ? अधिकार पायो कि अर्काको डाहा गरेर खाने वातावरण रोक्ने हो भने द्वन्द बढ्नु स्वभाविकै हो । तसर्थ नगरपालिकाले अस्पतालको जग्गामा व्यबसाय गर्दै आएका व्यबसायीको बारेमा सोच्न जरुरी छ । सत्तामा बसेका नागरिक बेरोजगार हुने र दुखि गराउने काम जनप्रतिनीधिले गर्नु हुँदैन । काम गरेर खाने वातावरण बनाउन सबैले सकारात्मक सोच राख्न जरुरी छ ।