टीकापुरको फोहर व्यबस्थापन गर्ने स्थानको खोजी गर

सम्पादकीय
टीकापुर नगरपालिकाले फोहर व्यबस्थापन गर्ने स्थल भेटाएको छैन तै पनि यहाँका राजनीतिक दल र सामाजिक अगुवाले ध्यान दिएको पाइदैन । फोहर व्यबस्थापन सबैको साझा समस्या हो । सबैको समस्यालाई बुझ्न स्थानीय एक हुन जरुरी छ । फोहर व्यबस्थापन गर्ने स्थानका बारेमा छलफल र बहस भएको पाइदैन । बजारबाट संकलन भएको फोहर जहाँपायो त्यही फालेको सबैले देखेका छन् तर टुलुटुलु हेरेर बसेका छन् । सधै फोहर जथाभावी व्यबस्थापन गर्न मिल्दैन टीकापुर नगर सफा राख्ने हो भने यथासिघ्र फोहर व्यबस्थापन गर्ने स्थलको खोजी हुनुपर्छ । नगरमा संकलन भएको फोहर फाल्ने ठाउँको व्यबस्था भएको छैन अनी ठूला ठूला योजनाको कुरा गर्नुको अर्थ छैन । फोहर व्यबस्थापन पहिलो शर्त हो । संकलन भएको फोहर कहाँ व्यबस्थापन भइरहेको छ भन्ने प्रश्न ग¥यो भने लाजमर्दाे जवाफ आउछ । पटक पटक घचघच्याउँदा पनि फोहर व्यबस्थापन गर्नेको खोजी भएको छैन । टीकापुरमा फोहर व्यबस्थापन चुनौती बन्दै गएको छ । आफ्नो ठाउँ सफा राख्न नागरिक सचेत हुनुपर्छ । कसैले सफा गर्ने कसैले फोहर गर्ने हो भने घर पनि सफा हुँदैन । सार्वजनिक स्थल सफा राख्नु सबैको कर्तव्य हो । टीकापुर बजार सुन्दर देखिएको छ । पछिल्लो समय गुलावको सहर बनाउने जनप्रतिनीधिलाई रहर जागेपनि गुलाव सुकेका छन् । गुलावको फूल त फुलाउन सकिएला तर नगरको फोहर कहाँ फाल्ने भन्नेमा सोचेको पाइदैन । फोहर व्यबस्थापन गर्ने बिषयमा स्थानीय एक हुन जरुरी छ । व्यबसायीले पनि आफ्नो पशलबाट निस्कको फोहर डस्टविनमा राख्न जरुरी छ । फोहर संकलन गर्ने डस्टविन हरेक ठाउँमा राखिएको छ । नगरपालिकाले डस्टविनको व्यबस्था गरेको छ भने नागरिकले उक्त डस्टविनको सही सदुपयोग गर्नुपर्छ । प्लास्टिकजन्य बस्तु प्रतिबन्ध लगाएको बर्तमान अवस्थामा टीकापुरलाई सफा राख्ने सवालमा सबैको ध्यान जान जरुरी छ ।