टीकापुरमा चैत्र २५ देखि २७ गतेसम्म साहित्य महोत्सव हुने

टीकापुर, १३ चैत/टीकापुरमा यही चैत्र २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना गर्ने तयारी भएको छ । महोत्सव सञ्चालन गर्नका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोग संकलन भइरहेको छ भने प्रचारप्रसार तिब्र पारिएको आयोजकले बताएका छन् ।
महोत्सव तयारीकै विषयलाई लिएर टीकापुरका पत्रकार र रोकारवाला सँग आइतबार अन्र्तक्रिया भएको छ ।
टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेश बिक्रम शाहको अध्यक्षतामा भए को कार्यक्रममा सरोकारवालाले महोत्सव आयोजना गर्न सक्दो सहयोग रहने बताएका छन् ।


कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगत बहादुर सिंह रावलले महोत्सवले टीकापुरको सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘‘साहित्य महोत्सव टीकापुरको गौरव हुनेछ । टीकापुरले यो महोत्सवबाट अर्को महेशबिक्रम जन्माउनेछ’’, रावलले भन्नुभयो, ‘‘महोत्सवले टीकापुर कुनै कुरामा कमी छैन भन्ने सन्देश दिनेछ । यहाँका सम्भावना र राम्रा पक्षको प्रचार गर्नु पर्छ ।’’
नागरिक समाजका संयोजक भिमराम चपाइ, टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवर, विरेन्द्र विद्या मन्दिरका सहायक प्राचार्य योगेन्द्र बजगाइ, प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाट लगायतले सुझाव दिनुभएको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै साहित्यकार महेशबिक्रम शाहले सुदूरपश्चिम प्रदेशका सबै सम्भावनाहरुलाई साकार पार्न सबै लाग्नुपर्ने बताउनु भयो । उहाँले नेपाली भाषा र साहित्यको उर्वर भूमि सुदूरपश्चिमको दक्षिण पूर्वी क्षेत्र कर्णाली नदीको किनारमा रहेको टीकापुरमा साहित्य आयोजना लागेको बताउनुभयो ।
उहाँले राजा महेन्द्रले आरोग्यता प्राप्त गरेको भुमि टीकापुरमा नेपाली साहित्यकारको ठूलो जमघट हुन लागेको जानकारी दिनुभयो । ‘‘महोत्सवमा हरेक दिन सात सत्र कार्यक्रम हुने छन् । हरेक सत्रमा सुदूरपश्चिम को कला, साहित्य, सम्भावना, पर्यापर्यटन र भेषभुषाबारे छलफल हुनेछ’’,उहाँले भन्नु भयो,‘‘महोत्सवले भाषा, साहित्य, कला संस्कृति, राजनीति, दर्शन, अर्थ, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग व्यवसाय, पत्रकारिता र सामाजिक क्षेत्रका विज्ञ तथा सो कार्यक्षेत्रसँग सम्बन्धित १५० जना बक्ता, सहजकर्ता, कवि गजलकार तथा कलाकारका प्रस्तुती रहनेछन् ।’’
साहित्य महोत्सवमा ४० लाख खर्च हुने अनुमान गरिए को छ । कार्यक्रममा एक लाख रुपैयाँको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार समेत प्रदान गरिने भएको छ । ७५ हजार राशीको टीकापुर साहित्य समाज श्रेष्ठ कवि पुरस्कार, ५० हजार राशीको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार ९सुदूरपश्चिमका प्रतिभालाई ० प्रदान गरिने र २५ हजार राशीको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार टीकापुरका विदालय तथा महाविद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने आयोजकले जानकारी दिएका छन् । यी पुरस्कार हरेक वर्ष बार्षिकरुपमा दिइनेछन् । कार्यक्रमको सञ्चालन साहित्यकार बाबु देवकोटाले गर्नुभएको थियो ।