टीकापुर, ३ असार/टीकापुरमा जलन र त्यसको उपचारका विषयमा अन्र्तरक्रिया गरिएको छ । सुस्मा कोइराला मेमोरियल अस्पताल काठमाण्डौको आयोजना मा भएको अन्र्तरक्रियामा यस क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
टीकापुरमा जलन र त्यसको उपचारका विषयमा अन्र्तरक्रिया गरिएको छ । सुस्मा कोइराला मेमोरियल अस्पताल काठमाण्डौको आयोजनामा शनिबार अन्र्तरक्रिया भएको हो । टीकापुरमा जलनको समस्याका विषयमा अन्र्तरक्रिया गर्नुको उद्देश्यका बारेमासुस्मा कोइराला मेमोरियल अस्पताल काठमाण्डौका सल्लाहकार डाक्टर खकिन्द्र बहादुर भण्डारीले जानकारी दिनुभयो ।
नेपालमा आगो, विद्युत तथा अन्य ज्वलनशिल वस्तु वा पदार्थबाट वर्षेनी ५० देखि ६० हजार नागरिकहरु पोलिने गरेका छन् । त्यसबाट करिब २५ सय नागरिकहरुको मृत्यू पनि हुने गरेको अन्र्तरक्रियामा जानकारी गराईएको छ । जलन समस्या भनेको रोकथाम गर्न सकिने समस्या भएको र यसको रोकथामको लागि सावधानी अपनाउनु पर्ने डाक्टर सन्तोष विक्रम भण्डारीले बताउनु भयो ।
सुस्मा कोइराला मेमोरियल अस्पताल काठमाण्डौले २ वर्ष अगाडी टीकापुरमा जलेका बिरामीहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यसबाट करिब ७ सय बिरामीहरु ले सेवा लिएका थिए । त्यतिवेलको शिविरबाट धेरैले सेवा लिएका र यो क्षेत्रमा अझै त्यस्ता बिरामी भएकाले शिविर सञ्चालन गर्दा राम्रो हुने टीकापुर सरोकार समुहका सचिव नवराज भट्टराईले सुझाव दिनुभयो ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले जलन सबैको लागि जटील समस्या भएकाले शिविर सञ्चालन गर्नु भन्दा सकिन्छ भने टीकापुर अस्पतालबाटै एउटा युनिट सञ्चालनमा जोड दिने बताउनु भयो ।
उहाँले अहिले बजेट निर्माणको क्रम पनि चलिरहेकाले यस विषयमा गम्भीर भएर काम गर्ने आवश्वास दिनु भयो ।
अन्र्तरक्रियामा टीकापुर क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।