टीकापुरमा ट्राफिक प्रहरीको ज्यादती

सम्पादकीय
टीकापुरमा ट्राफिक प्रहरीले सवारी चेकजाँचका नाममा ज्यादती गर्न थालेका छन् । सडक सुरक्षामा भन्दा पैसा असुल्नमा ट्राफिक प्रहरी लागेका छन् । सवारी दुर्घटना भए निर्णय दिन चासो राख्दैनन् । चेकजाँचका नाममा गौडा कुरेर बस्ने प्रहरी दुई नम्बरी मोटरसाइकलबाट मासिक पैसा बुझ्छन् । त्यति मात्र होइन ट्रेक्टर र टिपरबाट मासिक रकम असुल्छन् । देख्दा नागरिकका लागि लागेपनि प्रहरीको भित्रि नियत पैसाा असुल्नु हुन्छ । भारतमा ठूला सिटीमा मात्र ट्राफिक प्ररही हुन्छन् नेपालका राजमार्गमा ट्राफिक प्रहरी मात्र देख्न पाइन्छ । पैसा अशुल्नका लागि बसेका हुन्छन् । हुन त हरेक निकाय बद्नाम छन् । तल्लो स्तरका कर्मचारीले पैसा अशुल्ने र माथिल्लो निकायलाई बुझाउने प्रचलन छ । माथिल्लो निकायमा नबुझाए अन्यत्र पठाइ हाल्छन् । भ्रष्टाचारको जरो माथिल्लो निकायमा हुन्छ तर त्यसको असर गाउँ देखि नै पर्ने गरेको छ । प्रहरीले जरिवाना काट्ने सवालमा पनि बिभेद् गर्छ । भनसुन र पैसा दिए जरिवाना काट्दैनन् । जरिवाना काटेपछि कसिमन आउने सोच भएकै कारण सडक सुरक्षा भन्दा जरिवानामा बढी जोड दिने गरेका छन् । हाकाहाकी पैसा माग्ने आँट कसरी आउँछ रु नविकरण नभएको मोटरसाइकल समात्ने अनी पैसा माग्ने गरेको प्रमाण पत्रकारले फेला पार्दा त केही टेर पुछर लगाउँदैनन् । ट्राफिक प्रहरीलाई पैसा दिए हुन्छ भन्ने आम मानसिकता छ । ट्राफिक प्रहरी भ्रष्ट भएकै कारण सडक दुर्घटना न्यूनिकरण भएको पाइदैन । ट्राफिक प्रहरीले सडकमा शान्ति सुरक्षा दिन नसक्ने हो भने नागरिकले तिरेको कर किन खुवाउने रु नागरिकले गास काटेर तिरेको कर खाने अनी जनतासंग अबैध रुपमा पैसा अशुल्दा पनि सरकारमा बस्नेहरुले केही गर्न सकेका छैनन् । पारिश्रमिक खाएपछि जनताको पक्षमा काम गर्नुको साटो जनताको खल्ती झार्ने सोच गलत हो । कानूनको डण्डा देखाएर नागरिक लुट्ने काम तुरुन्त बन्द गर्नुपर्छ । सफा राजनीति भएको भए यसरी पैसा असुल्नेहरु खोरमा हुने थिए । कानून बनाउने र लागु गर्नेहरु नै भ्रष्ट भएपछि नागरिकले दुख पाउनु स्वभाविकै हो ।