टीकापुर , २६ पुस/भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी टीकापुर नगरपालिका स्तरीय अन्र्तक्रिया कार्यक्रम टीकापुरमा भएको
छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको आयोजनामा भएको कार्यक्रम मा भ्रष्टाचार न्यूनिकरण सबैको दायित्व भएको बताइएको छ । कार्यक्रममा भ्रष्टाचार न्यूनिकरण का लागि सेवा प्रदायक, सार्वजनिक पदमा बसेका र सेवाग्राही सबैले असल भूमिका निभाउनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा कार्यालयका सूचना अधिकारी नारायण ढकाल, इन्जिनियर रोशन बुढाथोकीले कानूनी व्यवस्था र भ्रष्टाचारको अवस्था र कर्मचारी तथा सेवा प्रदायकको जिम्मेवारी बारे सहजीकरण गर्नुभएको थियो ।
कार्यालय प्रमुख रामबहादुर कुरुङवाङले आर्थिक, सामाजिक, राजनीतिक रुपमान्तरण र विकासका लागि भ्रष्टाचार सबैभन्दा घातक भएकाले कर्मचारीलाई सानो प्रयासले धेरै परिवर्तन हुन सक्ने बताउनुभयो ।
नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले स्थानीय स्तरमा भ्रष्टाचार मौलाउँदै गएका, नीतीगत भ्रष्टाचार बढेकाले म भन्ने भावना नभइ हामी भन्ने भावनाले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी नारायण ढकालले खऋितयार दुरुपयोग आयोगले गरेका भ्रष्टाचारका मुद्दाको अवस्थाबारे जानकारी दिनुभयो ।
उहाँले कार्यालयले कैलालीमा गत वर्ष २६५ उजुरी रहेका र यस वर्ष १९८ दर्ता भएका र जसमा ३३१ फच्छौट भएका र १३२ बाँकी रहेका जानकारी दिनुभयो । उहाँले टीकापुरका दुई वर्षमा ७ उजरी रहेका र ३ फच्छ्यौट भएका र ४ उजुरीमाथि छानविन भइरहेका बताउनुभयो ।
इन्जिनियर रोशन बुढाथोकीले स्थानीय तहमा लागत अनुमानको तयारी र काम हेर्दा स्थानीय तहमा धेरै तलमाथि देखिने भएकाले यस्ता कुरा सुधार गर्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाहीले यो कार्यक्रमले भ्रष्टाचार विरुद्ध जनचेतना जगाउन ठूलो सहयोग गर्ने र कानून विपरीतका कार्य गर्दा सबैलाई समस्या हुन्छ भन्ने चेतना जागेको बताउनुभयो । कार्यक्रममा नागरिक समाज का संयोजक भिमराम चपाइ, पत्रकार परमानन्द पाण्डे, पदम सापकोटा, यज्ञराज सिम्खडा, वन समितिका दीर्घसिंह तिरुवा लगायतले जिज्ञासा राख्नुभएको थियो । कार्यक्रम दिनेश खड्काले सञ्चालन गर्नुभएको थियो ।