टीकापुरमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम

टीकापुर, १८ बैशाख/टीकापुरमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक अभिमुखिकरण कार्यक्रम भएको छ ।
चौतारी फाउण्डेशन नेपालको आयोजना तथा टीकापुर नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, वडा सदस्य, तथा सरोकारवाला गरी ५१ जना सहभागी थिए ।
कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता विश्वेश्वर प्रसाद रेग्मीले मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख रामलाल डगौरा थारु प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा टीकापुर अस्पताल का मानसिक रोग विशेषज्ञ डाक्टर अभिलाषा गिरी, टीकापुर १ का वडाध्यक्ष मोहन विक, शिक्षक मथुरा न्यौपाने, पत्रकार मातृका तिमिल्सिना, टीकापुर नगरपालिका नगर कार्यपालिक को कार्यालय जनस्वास्थ्य प्रवर्दन उपशाखाका प्रमुख बलवहादुर रावल लगायतले बोल्नु भएको थियो ।


आइतबारबाट शुरु भएको सचेतनामूलक कार्यक्रम ५ दिनसम्म चल्नेछ । ५ दिनमा टीकापुरका ४ विद्यालयमा जनचेतामूलक कार्यक्रम गर्ने ,२ वटा समुदायमा छलफल र अन्तिम दिन टीकापुर बजारमा ¥याली गर्ने मनोसामाजिक परामर्शकर्ता रेग्मीले बताउनुभयो ।
पछिल्लो समय मानिस मनोसमस्याले ग्रसित हुन थालेका बेला समयमै समस्याको पहिचान र उपचारमा जान आवश्यक रहेकाले सचेतना जगाउन आवश्यक रहेको रेग्मीको भनाइ छ ।