टीकापुरमा १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयम् सेवक दिसव मनाईयो

टीकापुर २० मंसिर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले महिला स्वयम्सेविकाको कामलाई पैसा संग तुलना गर्न नहुने बताउनु भयो । महिला स्वयम्सेविकाको काम अतुलनीय भएका कारण यसलाई कुनैपनि कामसंग तुलना गर्नै नमिल्ने बताउनु भयो ।
१९ औं महिला सामुदायिक स्वास्थ्य स्वयम् सेवक दिसवको अवसरमा सोमबार टीकापुरमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले महिला स्वयम् सेविकाको मेहीनेत प्रति स्थानीय सरकार सकारात्मक भएको बताउनु भयो । उहाँले महिला स्वयम्सेविकालाई नआत्तिन आग्रह गर्दै नगरपालिकाले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नगर उप–प्रमुख खडकबहादुर शाहले महिला स्वयम्सेविकाले गाउँघरका कुनाकाप्चाका नागरिक लाई सेवा प्रदान गरिरहेको बताउँदै उनीहरु स्थानीय स्तरको डाक्टर भएको बताउनु भयो । अहिलेसम्म गरीरहेको कामलाई निरन्तरता दिइराख्न अनुरोध गर्दै शाहले भ्याएसम्मको सहयोग गर्न नगरपालिका तयार रहेको बताउनु भयो ।


टीकापुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष लालविर चौधरीले महिला स्वयम्सेविका को अतुलनीय कामलाई उच्च मूल्यांकन गरी स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताउनु भयो ।
टीकापुर नगरपालिका स्तरीय स्वयम्सविका सञ्जालका अध्यक्ष सुला रावल खत्रिले महिला स्वयम्सेविका दत्तचित्त भएर काम गर्न तयार रहेका बताउँदै त्यसका स्थानीय सरकारले प्रोत्साहन गर्दै जानु पर्ने सुझाव दिनुभयो ।
अस्नेहरी शहरी स्वाथ्य केन्द्रका प्रमुख सकुन्तला रोकायाले स्वागत गर्नु भएको कार्यक्रममा सेवा निवृत्त स्वयम्सेविका दिव्यश्वरी शाही, स्वयम्सेविका रुकमिणी शर्मा, आशा चौधरी र टीकापुर नगरपालिका जनस्वाथ्य प्रवद्र्धन उपशाखाका संयोजक वलबहादुर रावलले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
टीकापुर नगरपालिका जनस्वाथ्य प्रवद्र्धन उपशाखाको आयोजना मा भएको कार्यक्रम सञ्चलान सह९संयोजक कमल रावलले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा सेवा निवृत्त स्वयम्सेविका दिव्यश्वरी शाही र चन्द्रावती शर्मालाई जनही ८०/८० हजार रुपैया, दोसल्ला र कदर पत्रले सम्मान गरीएको छ ।
यसैगरी वडा नम्बर १ बाट ववि रावल र विभूषा पाण्डे रेग्मी, २ बाट सुशिला चौधरी, ३ बाट तारा विक, ४ बाट सुमित्रा चौधरी, ५ बाट ममता थापामगर र ६ बाट सरस्वति चौधरीलाई जनही १÷१ हजार र कदर प्रत्र प्रदान गरी सम्मान गरीएको       छ । सम्मान पाएपछि उनीहरु खुसी भएका छन् ।
टीकापुर नगरपालिकामा १२० जना महिला स्वास्थ्य स्वयम्सेविका कार्यरत छन् । कार्यक्रममा स्वयम् सेविकाहरुले सन्देशमूलक गित गाएर रमाइलो पनि गरेका अ थिए ।