टीकापुरमा २० औं सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाईयो

टीकापुर, २० मङ्सिर/टीकापुरको अस्नेहरीमा २० औं सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाइएको छ ।
कार्यक्रममा स्वयमसेविका दिवसका अवसरमा टीकापुरमा १० जना महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरिएको छ भने दुई जना सेवा निवृत्त स्वयम सेविकालाई विदाई गरिएको छ । कार्यक्रममा अवकाश प्राप्त घिनिया देवी थरुनी र पुनसी देवी थरुनीलाई नगद ८० हजार सहित सम्मान गर्दै विदाई गरिएको छ । त्यसैगरी उत्कृष्ट काम गरेवापत सम्मानित हुनेमा भुवनदेवी चौधरी, नरु साउँद, डम्मरा बोहरा, फुलकुमारी चौधरी,सरस्वती चौधरी, रिता चौधरी, भिखनी चौधरी, खिमा चौधरी, गोमा ढुंगाना, उमा भट्टराई रहनुभएको छ ।
उत्कृष्ट महिला स्वास्थ्य स्वयम सेविकालाई पनि प्रशंसापत्र र नगद पुरस्कार दिइएको छ ।


नगर स्तरीय सामुदायिक स्वास्थ्य महिला स्वयम सेवकका संयोजक सुला रावल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रामलाल डगौरा थारुले स्वयम सेविकाका सेवा सुविधा बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख विश्वराज अधिकारी, नगरपालिकाका अधिकृत रञ्जु आचार्य, जनस्वास्थ्य निरीक्षक धर्मसिंह बटाला, स्वास्थ्यकर्मी महेशकुमार श्रीवास्तव, स्वयम सेविका भावना रतन लगायतले बोल्नु भएको थियो ।
स्वागत हेमकुमारी रानाले गर्नुभएको कार्यक्रम सञ्चालन स्वास्थ्यकर्मी कमलबहादुर रावल र स्वयम सेविका चन्द्रा चौधरीले गर्नुभएको थियो ।