टीकापुरमा २१ र २२ गते भएको घटना दुःखद् : इसाई समाज

टीकापुर,२४ फागुन/टीकापुरमा फागुन २१ र २२ भएको घटना दुःखद् भएको टीकापुर स्थित इसाई समाजले जनाएको छ ।
शनिबार समाजले पत्रकार सम्मेलन गरेर यस्तो कुरा जनाएको हो । ‘‘इतिहासमा पहिलो पटक यहाँ हामीले पत्रकार सम्मेलन गर्नुुपरेको छ ,’’ इसाई समाज सुदुरपश्चिम संयोजक हिरालाल भाटले भन्नुुभयो ,‘‘ हरेक क्षेत्रमा इसाई समाजले ठूलो योगदान पुु¥याएको छ , यस पटक इसाई समाजलाई बदनाम गर्ने काम भएको       छ ।’’

पछिल्लो समय धेरै चर्च स्थापना भए कतिपयलाई हामी चिन्दैनौं भन्दै भाटले यो कार्यक्रममा पत्र पठाएर सहभागी हुन आग्रह गरिएको थियो हामीले बैठक बसेर हुँदैन भन्यौ भन्नुुभयो । ‘‘हामीले बैठक बसेर यो कार्यक्रम को जिम्मेवार नहुने भन्दै इलाका प्रहरी , इलाका प्रशासन , नगरपालिका र वडा नम्बर ५ मा पत्र पठाएर जानकारी गराएको थियौ ,’’ भाटले भन्नुुभयो ,‘‘ आयोजक र हामी बीच इलाका प्रहरीमा छलफल भयो त्यो छलफलमा आयोजक साथिहरुले हामीमाथि तथानाम लान्छना लगाए ।’’
उहाँले आयोजकहरुलाई समातेर कारबाही गर्न भनेको पनि बताउँनुुभयो । कार्यक्रम गर्नु राम्रो हो तर व्यबस्थित हुनुुपर्छ भन्दै भाटले बाइबलमा प्राथना गर्दा पैसा लिनुपर्छ भन्ने कही लेखिएको छैन भन्नुुभयो । इसाइ समाजका अगुवा एंबम समाजसेवी रामराज खरेलले यस्ता घटना बेला बखद हुने गर्छन् भन्दै होली वाइनमा नेपालका नेताहरुले होली वाइन खानुुभयो , तर बाईबलका अनुसार साशकलाई होली वाइन खानुु हुँदैन भन्ने छ भन्नुुभयो । उहाँले झुटा कुरा गरेर नागरिक ठग्नु गलत हो भन्दै ठगी गर्ने गिरोहलाई कानूनी कारबाही गर्नुपर्छ भन्नुुभयो ।


‘‘ठगिएका जनताको पैसा फिर्ता गरियोस् ,’’ खरेलले भन्नुुभयो ,‘‘ यत्रो हुँदासम्म प्रहरीले इन्टेलीजेण्ट नपठाउनुु पनि गलत हो ।’’ उहाँले नक्कली अपागं ल्याएर आएका हुन्छन् भन्दै खरेलले झुुटा प्रफेटहरु आउने छन् भनिएको थियो आए भन्नुुभयो । इसाईमा प्रफेट भनेको भविष्यबाणीकर्ताको रुपमा बुुझ्ने गरिन्छ ।
टीकापुर नगरपालिकाका कार्यबहाक मेयर लालबीर चौधरीले २१ र २२ को घटनाले टीकापुरको बद्नाम भएको बताउनुुभयो । ‘‘स्थानीय सरकारको हैसियतले कार्यक्रमका लागि स्थान दिएको भन्दै चौधरीले धर्मका नाममा करोडौ रकम असुली गर्नेहरुलाई कानूनी कारबाही गर्नुपर्छ ,’’ चौधरीले भन्नुुभयो ,‘‘ यो घटनाको घोर भत्र्सना गर्दछुु ।’’
समाजसेवी सम थापाले यो घटनामा प्रहरी प्रशासन सबैको मिलोमतो भएको भन्दै ५ लाख ९८ हजार रुपेया पीडितलाई फिर्ता दिइएको भनिएपनि कतिपय नक्कली पीडितले पैसा फिर्ता पाएको बताउनुुभयो । यो घटना राष्ट्रिय घटना भइसकेकाले सत्य तथ्य छानविन हुनुुपर्नेमा जोड दिनुुभयो । टीकापुर इसाई समाजका अध्यक्ष मंगल चौधरीको अध्यक्षताम कार्यक्रम भएको थियो ।
उता इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक नविनराजा बुढाथोकीले ७ जनालाई पक्राउ गरेर घटनाको अनुुसन्धान भइरहेको बताउँदै छिट्टै सत्य तथ्य बाहिर आउने बताउनुुभयो । फागुन २१ र २२ गते टीकापुरमा हरेक दिर्घ रोगीलाई निको पार्ने भन्दै शिबिर सञ्चालन गरिएको थियो ।
उक्त शिबिरमा दिर्घरोगीलाई निको पार्ने भन्दै १० देखि ४० हजार रुपैया शुल्क असुल गरिएको थियो यसरी एउटा गिरोहले आम सर्बसाधारणलाई धर्मको आडमा करोडौ लुटेको घटना बाहिर आएपछि यतिखेर सिंगो प्रशासन पनि गम्भिर भएको छ ।