टीकापुरमा ८ महिनाको अवधिमा एक सय जना क्षयरोगका बिरामीहरु भेट्टीए

टीकापुर, ११ चैत/टीकापुर नगरपालिकामा ८ महिनाको अवधिमा एक सय जना क्षयरोग का बिरामीहरु भेट्टीएका छन् । चालु आर्थिक वर्षको साउन महिनादेखि फागुन मसान्तसम्म पालिकामा एक सय जना बिरामी भेट्टीएका हुन् ।
टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक वल बहादुर रावलले विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार टीकापुरमा भएको अन्र्तक्रिया कार्यक्रममा यो जानकारी गराउनु भएको हो ।


उहाँले कैलाली जिल्लामा यो अवधि मा ७ सय ५३ जना क्षयरोगी भेट्टीएका र ४३ जनाको मृत्यू भएको पनि जानकारी दिनु भयो ।
टीकापुर नगरापलिकामा नियमित औषधी सेवन गर्ने करिब ९० प्रतिसत बिरामीहरु निको हुने गरेका छन् ।
क्षयरोगीहरुले नियमित औषधी सेवन गरेको खण्डमा निको हुने सम्भावना धेरै हुन्छ । तर यहाँका बिरामीहरु औषधी खान नमान्ने, बिचैमा छोडीदिने भएकाले यो एउटा समस्या भएको संयोजक रावलले बताउनु भयो ।
टीकापुर नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन उपशाखा ले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्य स्वयम् सेविका, केहि क्षयरोगी, स्वास्थ्य कर्मी लगाएतको उपस्थिति रहेको थियो ।
दिवसको अवसरमा नगरपालिका भित्र रहेका गरिब परिवारका क्षयरोग का बिरामी लाई पोषण कोसेली पनि बितरण गरेको छ । क्षयरोगका बिरामी लाई पोषण सहयोग कार्यक्रम अन्र्तगत १७ जना बिरामीलाई प्रति बिरामी २५ किलो चामल, एक क्यारेट अण्डा, दाल, बदाम र तेल बितरण गरिएको छ ।