टीकापुरले क्षतिपूर्ती पाउनुपर्छ

सम्पादकीय
२०७२ को घटनामा टीकापुर र यस आसपासका क्षेत्रलाई भएको क्षतिका बारेमा न स्थानीयले आवाज उठाए न राज्यले महशुस ग¥यो । टीकापुर द्वन्दमा फसेको छ । बाहिरबाट झट्ट हेर्दा सबै ठिकठाक देखिएपनि निर्बाचनमा प्रयोग हुने शव्द र रेशम चौधरी लगायत अन्य जेलबन्दीका बारेमा थारु समुदायले पोख्ने आक्रोसका बारेमा राज्य गम्भिर भएन । २०७२ को घटनामा टीकापुर बद्नाम भएको छ भने अर्काे तर्फ टीकापुरबाट पलायन हुनेको संख्या बढ्दै छ । विकासको गती ठप्प छ । टीकापुरमा आम नागरिकले खर्बाै रुपैया लगानी गरेका छन् तर राज्य यो लगानीका बारेमा मौन छ । नागरिकको लगानी बढी र राज्यको लगानी अति न्यून भएको ठाउँ टीकापुर हो । राज्यले ठग्दा पनि यस क्षेत्रका नेतृत्वले हामी ठगियौं यसको क्षतिपूर्ती माग्नुपर्छ भन्ने कसैबाट आएन । विकासका कुरा धेरै भए । विकासका लागि पहल भए तर राज्यले क्षतिपूर्ती सहित दिनुपर्ने बजेट र सुबिधाका बारेमा टीकापुरको नेतृत्वले बुझाउँन सकेन । अन्तराष्ट्रिय मान्यता अनुसार पनि टीकापुरले क्षतिपूर्ती पाउँनुपर्छ । द्वन्दमा फसेको मुलुक होस् या कुनै भूगोल त्यहाँ अन्तराष्ट्रिय नजर हुन्छ । द्वन्दमा फसेको बद्नाम बेहोर्नुपर्ने टीकापुरले सुबिधा र अवसरका बारेमा कोही नबोल्ने । आज मानव अधिकारका कुरा गर्नेहरुले टीकापुरमा बसेका मानवको बारेमा खै ख्याल गरेको ? खर्बाै लगानी र टीकापुरमा बाचेका नागरिकको मानव अधिकार हुँदैन भन्ने हो ? मानव अधिकारका कुरा गर्नेहरुले टीकापुर शान्त हुनुपर्छ भन्न किन सक्दैनन् ? नागरिकले पाउने विकास ठप्प भएको छ राज्यले टीकापुरका बारेमा गभिंर भएर सोच्नुपर्छ भनेर मानव अधिकारवादीहरुले कहिले आवाज उठाए ? मृत्यु भएकाहरुका बारेमा बोल्नेहरुले बाचेकाहरुको अधिकारका बारेमा किन नबोल्ने ? टीकापुरले क्षतिपूर्ती सहित राज्यले यहाँको सद्भाव बनाउने गरी काम गर्न जरुरी छ । वालक र प्रहरी प्रतिको सम्मानमा कसैको पनि बिमति छैन । सरकारले गठन गरेका आयोगको प्रतिवेदन किन सार्वजनिक गर्दैन ? घटना भएपछि तयार भएका प्रतिवेदन किन लुकाईएको छ ? यसरी टीकापुरलाई द्वन्दमा फसाउन मिल्दैन । रेशम लगायत अन्य राजबन्दीका बारेमा टीकापुरको मात्र सरोकारको विषय हो त्यसैले यो विषयमा टीकापुरबासी एक हुन जरुरी छ । टीकापुरबासी एक भएर यो मुद्धाको चाडो छिनोफानो हुनुपर्छ भन्ने हो । घटना खण्ड अखण्डको हो आंगो धनगढीबाट सल्केको हो । खै त धनगढीको नेतृत्वले टीकापुर प्रति अलिकति पनि सहानुभूती राखेको । त्यसैले अध्यादेशका बारेमा टीकापुरबासीले स्वागत गर्नुपर्छ । अध्यादेशको प्रकृयाका बारेमा छलफल हुँदै गर्ला तर टीकापुरको सवालमा अध्यादेश निकास दिने कडी हो । यसमा भद्रगोल गराउनु गलत हो ।