टीकापुर, १४ असोज/मुलुकका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि चरणबद्ध भएको आक्रमणविरुद्ध टीकापुर अस्पताल का चिकित्सक समेत आन्दोलित भएका छन् ।
चिकित्सकहरू असुरक्षित बनेको भन्दै टीकापुर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी समेत आन्दोलित बनेका हुन् ।
टीकापुर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी पनि ९ गतेदेखि आन्दोलित छन् । ९ गते कालोपट्टी बाधेर सेवा, १० गते इलाका प्रशासन कार्यालयमा विज्ञप्ती बुझाइएको, बिहीबार ओपिडी सेवा आधा बन्द र शुक्रबारबाट इमरजेन्सी सेवा बाहेकका सबै सेवा बन्द गरेर आन्दोलित भएका टीकापुर अस्पतालका डाक्टर डबल बुढा बताउनुहुन्छ ।
विभिन्न स्थानमा चिकित्सक माथि चरणबद्ध आक्रमणको विरोधमा आन्दोलित बनेका हुन् । डाक्टर बुढाठाउँ ठाउँमा चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमण निरन्तर भइरहेकाले भयाभित वातावरणमा, मानसिक त्रासमा काम गर्न नसकिने भन्दै आन्दोलित भएका बताउनुभयो ।
चिकित्सकमाथि चरणबद्ध आक्रमणका घटनामा संलग्नहरू लाई कारबाही गर्न सरकार उदासीन बनेकाले आन्दोलित बन्नुपरेको चिकित्सकहरुको गुनासो छ । चिकित्सककै गल्ती भएमा प्रक्रियागतरूपमा कारबाही गर्नुपर्ने तर, आक्रमण गर्नु नहुने उनीहरु बताउँछन् । चिकित्सकहरू ले अस्पतालको दैनिक काम बन्द गरेका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित भएर ओपिडी सेवा बन्द गरेपछि टीकापुर अस्पतालमा उपचारमा आउने बिरामी भने मर्कामा परेका छन् ।
बिरामीलाई चिकित्सकको सेवा नपाउँदा समस्या भएको उनीहरु बताउँछन् । टीकापुर अस्पतालमा दैनिक ५ सय बढी बिरामी उपचारमा आउने गरेका छन् ।