टीकापुर अस्पतालमा आर्थिक बर्ष २०८०/८१ मा १ लाख ६८ हजार जनाले स्वास्थ्य सेवा लिए

गणेश क्षेत्री

टीकापुर, ११ भाद्र/टीकापुर अस्पतालमा आर्थिक बर्ष २०८०÷८१ मा १ लाख ६८ हजार जनाले स्वास्थ्य सेवा लिएको अस्पताल ब्यवस्थापन समिति का अध्यक्ष झपट सोडारि ले बताउनुभयो ।
अस्पतालमा ५१ सैया स्वीकृति भएपनि बिरामीको चाप अत्यधिक भएकोले अस्पताल ब्यवस्थापनले थप ३२ गरेर ८३ वटा सैंया सन्चालनमा ल्याएको छ । बिरामीको चाप अत्यधिक छ । लम्कि चुहा नगरपालिका, बर्दगोरिया , कैलारी गाउँपालिका भजनी नगरपालिका,राजापुर नगरपालिका र अछामबाट समेत उपचार गर्न बिरामीहरु आउनाले अस्पतालमा अत्यधिक भिडभाड हुने गरेको र थप १ सय सैंयाको लागि आफुले मन्त्रालय मा पटक पटक पहल गरिराखेको बताउनु भयो ।


आफु अस्पताल ब्यवस्थापन को अध्यक्ष भएपछि ९ वटा भेन्टिलेटर सहित एचडियु , अलट्रा साउन्ड, एनोमेलि स्क्यान, इन्डोस्कोपि , क्लोनोस्कोपि सेवा सुरु गरिएको,आर्थोस्कोपि सेवा , डेन्टल सेवा, प्रशासनिक भवन निर्माण,डक्टर आवास संचालन , सर्प दंश उपचार,सुरक्षा गार्डको ब्यवस्था,घेरा पर्खालको सुरुवात, नाकका घाँटी को विशेषज्ञ सेवा, अस्पताल म्यानेजमेन्ट इन्फर्मर सफ्टवेयर संचालन,पार्किङको ब्यवस्था, ब्यवस्थित सौचालय , एकद्वार संकट ब्यवस्थापन संचालन , सामाजिक सेवा इकाई सन्चालन ,अत्याधुनिक मोडिलर अप्रेसन थियटर संचालनमा ल्याएको बताउनुभयो ।
अध्यक्ष सोडारीले कल्चर सेवा बिस्तार,डाइलासिस सेवा, सर्जिकल सेवा बिस्तार , अस्पताल को फर्मुलरि फार्मेसि बिस्तार, फोहोरबाट मोहर आउने प्लान वेस्ट म्यानेजमेन्ट ब्यवस्थापन, लासको पोस्ट मार्टम गरेपछि चिस्यानमा राख्ने ब्यवस्था , बातानुकुलित इमर्जेन्सी सेवा, बिरामि कुरुवालाइ टेलिभिजन र बातानुकुलित कक्ष र ओपिडि पहिला १० बजेबाट भएकोमा ८ बजे देखि शुरु गरिएको बताउनु भयो ।
१७ जना बिशेषज्ञ रहेको अस्पतालमा स्त्रीरोग बिशेषज्ञ, आर्थो, हाडजोर्नि,एम डि जि पि ,२ जना जनरल फिजिसिएन,२ जना एनेस्थेटिस्ट रहेका छन् । बिपन्न बर्गका लागि सामाजिक सेवा इकाईबाट निशुल्क सेवा अस्पतालले दिंदै आएको छ ।
त्यसैगरि सर्प दंश बाट सयांै को उपचार अभाबमा ज्यान जाने गरेकोमा सर्प दंश को उपचार हुने सुदूरपश्चिम प्रदेशको पहिलो अस्पताल र सम्भवत देशकै पहिलो सरकारी अस्पतालमा टीकापुर अस्पतालमा उपचार शुरु गरेको १ बर्ष भएपनि सन्चारकर्मिले प्रचारप्रसार मा ल्याउन जोड दिनुपर्ने अध्यक्ष सोडारिले बताउनु भयो ।