टीकापुर अस्पतालमा ओपिडी टीकट काट्दा नक्कली नोट भेटियो

टीकापुर, ७ असोज/टीकापुर अस्पतालमा ओपिडी टीकट काट्दा नक्कली नोट भेटिएको छ ।
टीकापुर अस्पतालमा बुधबार रात्री ओपिडी टीकट काट्दा छ ५२ ०६१६३४ नं। को १ हजारको नक्कली नोट रहेको र बिहीबार बिहान उक्त नोट गड्डीमा फेला परेको र उक्त रुपैयाँको बीचमा कागज चप्काएको टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारीले बताउनुभयो ।


उक्त नोटको छानबीनको लागि ईलाका प्रशासन कार्यालय टीकापुर र ईलाका प्रहरी कार्यालय टीकापुरलाई पत्र पठाई छानबीनको लागि निवेदन दिएको अध्यक्ष सोडारीले जानकारी गराउनुभयो ।


साथै उहाँले टीकापुर अस्पताल मा रहेका कर्मचारीहरुलाई नेर्देशन दिंदै भन्नुभयो,“अबदेखि पैशा लिंदा ध्यान पूर्वक लिएर कार्य गर्न उहाँले अनुरोध गर्नुभयो ।” अध्यक्ष सोडारीले नागरिकहरुलाई पनि एस्ता कार्य बाट संचेत रहन अनुरोध गर्नुभयो ।