टीकापुर अस्पतालमा कर्मचारी मनपरी भर्ना

सम्पादकीय
संघ संस्थामा होस् या जनप्रतिनीधिको अवसर पाएपछि जतिसक्यो राम्रो काम गरेर निस्कन्छु भन्ने सोच हुनुपर्ने हो । अवसर पाएका बेला जतिसक्यो पारदर्शी हुन्छु भन्ने हेक्का राख्नुपर्ने हो तर पछिल्लो समय संघ संस्थामा होस् या जनप्रतिनीधि भएपछि मनपरी गर्ने प्रचलन बढ्दै गएको छ । यसको एउटै कारण हो चुपचाप सहेर बस्नु । टीकापुर अस्पतालमा यतिखेर मनपरी कर्मचारी भर्ना गरिएका छन् । कर्मचारी भर्ना गर्दा मापदण्ड बनाउनुको साटो गोप्यमा भर्ती केन्द्र बनाउने प्रयास भइरहेको छ । स्वास्थ्य संस्था संबेदनशिल ठाउँमा कर्मचारी भर्ना गर्दा प्रतिस्प्रधाबाट गर्नुपर्नेमा आफ्नो मनपरी गर्ने प्रचलन बढ्दै गएको छ । कर्मचारी भर्ना गर्दा गुपचुपबाट गर्ने हो र संस्थामा बसेका मान्छेले भर्ती केन्द्र बनाउने हो भने त्यो समाजमा द्वन्द बढ्नु स्वभाविकै हो । आफ्ना आसपासेलाई मात्र अवसर दिने अनी अरु बञ्चित हुने हो भने टीकापुर सबैको कसरी भयो ? हरेक संघ संस्थामा आफ्ना मान्छेलाई अवसर दिने अनी जनप्रतिनीधि उठेका बेला सबैसंग भोट माग्ने ? भोट सबैको चाहियो तर अवसर निश्चित केही समूहलाई मात्र कतिञ्जेल यसरी चल्छ ? टीकापुर सबैको हो भन्नका लागि सबैले अवसर पाउनुपर्ने हो । त्यसका लागि पारदर्शी तरिकाले स्वस्थ प्रतिस्प्रधा गराए सबैले चित्त बुझाउँछन् । सक्षम व्यक्तिले अवसर नपाउने वातावरण बिगत देखिको निरन्तरता हो । प्रतिस्प्रधाबाट कर्मचारी भर्ना गर्दा सबैले अपनत्वको भावना बुझ्छन् । अवसर सबैको अधिकार हो । हरेक सचेत नागरिक यस्ता बिषयमा गभिंर हुन जरुरी छ । समाज मिलाउने सवालमा नलाग्ने अनी यस्तो उस्तो भनेर गफ दिएर समाज एक ढिक्का हुँदैन । अधिकांस संघ संस्थामा मनपरी अवसर बाड्ने काम हुने गरेको छ । गल्ती सच्याउन जरुरी छ । बालेनले इञ्जिनीयर भर्ना गर्दा लोकसेवाको परिक्षामा बैकल्पिक भएकाहरुबाट छानेका छन् । यसरी पारदर्शी हुने हो भने किन कसैले प्रश्न गर्छ । टीकापुरमा आज बीरेन्द्रको के हालत भयो । केवल आफ्ना मान्छे भर्दै गर्दा बीरेन्द्र जस्तो टीकापुरको ऐतिहासिक संस्था धरासयी भयो । तसर्थ संस्थामा प्रतिनीधित्व गरेपछि साझा मान्छे बन्नुपर्छ ।