टीकापुर अस्पतालमा चरम व्यतिथी

सम्पादकीय
टीकापुर अस्पतालमा चरम व्यतिथी मौलाएको छ । अस्पताल विकास समिति मार्फत हुने आम्दानी र खर्चका बारेमा अस्पताल प्रशासनले मनपरी खर्च गर्ने गरेको छ । स्वास्थ्य बिमा गरेका बिरामीले औषधि पाउदैनन् तर अस्पतालले बिरामीका पूर्जामा लेखिएको औषधिको दाबी भुक्तानि सरकारबाट लिने गरेको बुझिएको छ । बिमा गरेका बिरामीले अधिकांस औषधि नीजि क्लिनिकमा खरिद गर्नुपर्छ । औषधि नपाएपछि पछिल्लो समय आम नागरिकको बिमा प्रति आकर्षण घट्न थालेको छ । अस्पतालमा आम्दानी भएपनि मनपरी खर्च गर्ने गरिएको छ । मनपरी खर्च गर्नाले विकास तर्फका कर्मचारीको श्रम शोषण भएको छ भने अस्पतालमा भौतिक सुबिधा अभाव हुन थालेको छ । अस्पताल प्रशासनले बिरामी भर्ना हुने ठाउ“मा पंखाको व्यबस्था गर्दैन् । कुरुवाहरु बस्ने ठाउ“मा पंखाको व्यबस्था छैन । गर्मी ठाउ“मा पंखा नभएपछि बिरामी र कुरुवाको कस्तो अवस्था होला रु हरेक खरिदमा आर्थिक पारदर्शीता छैन । खरिदमा व्यापक भ्रष्टाचार भएको छ । खरिदमा बर्षौ देखि भ्रष्टाचार भइरहेको छ तर कोही बोल्दैनन् । अस्पताल व्यबस्थापन समिति भएपनि खरिद लगायतका अन्य आर्थिक कारोबारमा कर्मचारीको हात हुन्छ । कर्मचारीको हस्ताक्षर चल्ने भएका कारण अस्पताल व्यबस्थापन समिति मुक दर्शक हुनुपर्ने अवस्था छ । जावो अस्पतालको बिरामी पूर्जामा त आर्थिक भ्रष्टाचार हुन्छ । बिरामी पूर्जा कमशल खालको र पाना घटाएर छाप्ने अनी मुल्य राम्रो र बढी पाना भएको बिल पेश गरेर पैसा खाने गरेका छन् । चरम व्यतिथीमा कर्मचारी रमाएपछि यतिखेर अहिलेका कर्मचारीलाई हटाउनुपर्छ भन्ने आवाज उठ्न थालेको छ । टीकापुर नगरपालिकाले अस्पतालका बारेमा हस्तक्षेपकारी भूमिका निभाउन जरुरी छ भने निस्पक्ष छानबिन गर्न जरुरी छ । अस्पतालमा भएका आर्थिक गतिबिधीका बारेमा तुरुन्त छानविन हुन जरुरी छ । हैन भने नागरिक स्तरबाट दबाब दिनुपर्छ । यस्ता बिषयमा आम नागरिक र राजनीतिक दलका नेताहरुले चासो दिनुपर्ने हो तर कसैले चासो दिएको पाइदैन । औषधि लगायत अन्य स्वास्थ्य औजार र सामान खरिदमा भएको आर्थिक कारोबारको छानबिन गर्न सबैले दबाब दिन जरुरी छ ।