टीकापुर अस्पतालमा छानविन हुनुपर्छ

सम्पादकीय
टीकापुर अस्पतालमा सेवा थपिदै गएको कुरा लुकेको छैन । वर्तमान अध्यक्षले अस्पतालको सेवा बढाउन भौतिक संरचना आवश्यक छ भनेर सामाजिक सञ्जालमा लेख्ने काम मात्र होइन ठाउँ ठाउँमा माग पत्र बुझाउनुभएको छ । अध्यक्षको तहबाट गर्ने जिम्मेवारी सह्रानीय छ । अस्पतालको सेवा बढाउने सवालमा यस क्षेत्रका राजनीतिक दल एक ठाउँमा आउन जरुरी छ । अन्य क्षेत्रका राजनीतिक दलहरु आफ्नो ठाउँको विकासका सवालमा एक हुन्छन् तर टीकापुरमा एक भएको पाइदैन । अस्पतालको सेवा प्रभावकारी बनाउने सवालमा सबै सकारात्मक हुनुपर्छ त्यसका साथै अस्पतालमा भइरहेका गतिबिधीका बारेमा चासो पनि राख्न जरुरी छ । अस्पतालमा आर्थिक अनियमितता व्यापक छ । बिमा कार्यक्रमले अस्पतालको आम्दानी बढेको हो । केही समय पहिलेसम्म बिरामी पूर्जामा लेखिएको सबै औषधि बिरामीले नपाउने तर अस्पतालले दाबी भुक्तानी लिने गरेको थियो । यसरी दिनमा सयौ पूर्जाबाट बचेको औषधिको रकम कति हुन्छ ? हरेक पूर्जामा ५÷६ वटा औषधि लेखिएको हुन्थ्यो तर बिरामी दुई तीन वटा मात्र पाउथे अरु त अस्पतालको खातामा बचत हुन्थ्यो । धेरै पटक बिरामीले गुनासो गरेपनि केही सुनुवाई भएन । खरिद पकृयामा समेत व्यापक मनपरी छ । खरिद गरिएका औजारमा पारदर्शीता छैन । डाक्टर खनालकै पाला देखि अस्पताल भ्रष्टाचारीको अखडा भएको हो । तर यसरी लेख्दा अस्पताल बिरोधी भन्ने तर सत्य तथ्य कुरा बाहिर ल्याउन कसैले चासो देखाएको पाइदैन । आम नागरिकले प्रश्न उठाएपछि अस्पताल प्रशासनले पारदर्शी तरिकाले जवाफ दिनुपर्छ । टीकापुरका संघ संस्थामा पारदर्शीताको कुरा ग¥यो की ज्वरो आउँछ । पारदर्शीताको कुरा गर्दा संस्था झनै जवाफदेही हुन्छन् भन्ने बारेमा सोच्नु भन्दा बिरोधी भनेर सोच्ने प्रबृत्ति छ । तसर्थ टीकापुर अस्पतालमा बिगत एक दशक देखि गरिएका खरिद पकृया र औषधि खरिदको छानविन गर्न जरुरी छ । खरिद गरिएको औजार हुन् या ल्यावका सामाग्री हरेकमा मनपरी   छ । अस्पताल प्रशासनले यस्ता बिषयमा गम्भिरता देखाउन जरुरी छ । हैन भने स्थानीयले अख्तियारमा उजुरी पनि गर्न जरुरी छ ।