टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल ३१ हप्ताको बच्चा ३० दिन उपचारपछि घर पठाइयो

टीकापुर, १६ भाद्र/टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल भएको       छ । ३१ हप्ताको १ किलो ४५० ग्रामको बच्चालाई अस्पतालले १ महिनाको उपचारपछि बिहीबार घर पठाएको छ ।
टीकापुर नगरपालिका वडा नं। ९ झुंगाकी विनिता चौधरीको ३१ हप्तामै छोरी जन्मिएकी थिइन् । विनिताले ३१ हप्तामै नर्मल बच्चा जन्माए पनि बच्चाको तौल कम र समय कम भएकाले बच्चा बचाउन कठिन थियो । यही कठिनाईलाई अस्पतालका बाल रोग बिशेषज्ञ डाक्टर अमरनाथ ठाकुर र नर्सिङ अधिकृत मञ्जु पौडेल लगायतको टिमले ३० दिन लगाएर बच्चालाई बचाउन सफल भए । बच्चा बचाउन सफल भएपछि चिकित्सकको टोली खुशी भएका छन् । अस्पतालका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुरले बच्चा लाई जटिल समस्या भए पनि ३० दिनको उपचारपछि घर पठाएको बताउनुभयो । ‘‘मलाई पनि राम्रो लागेको छ । बच्चा पटक पटक श्वास फर्न विर्सने, निलो भइ हाल्थ्यो, सबैको प्रयासमा बचाउन सकियो’’, उहाँले भन्नुभयो, ‘‘समय अगावैको बच्चा बचाउन निकै चुनौति हुन्छ ।’’

डाक्टर ठाकुरका अनुसार यस अघि ३२ हप्ता माथिका बच्चाको उपचार भए पनि ३१ हप्ताको बच्चा पहिलोपटक उपचार गरेको र लामो समय लागेको हो । बच्चा घर फर्कदा १ किलो ७ सय ग्राम पुगेको थियो । समय अगावै जन्मेको बच्चालाई संक्रमणको जोखिम, जन्डिस देखिने जस्ता समस्या हुन्छ । टीकापुर अस्पतालमा एनआइसियु सुविधा नभएकाले बच्चालाई अक्सीजनले मात्र काम नगर्दा चिकित्सकले ३० दिनको प्रयास पछि बच्चाको स्वास्थ्यमा सुधार आयो ।
डाक्टर ठाकुर समय अगावैको बच्चा जोगाउन चुनौति धेरै हुने बताउँदै बच्चाका अभिभावकले गरेको विश्वास र सपोर्टले थप हौसला मिलेको बताउन ुहुन्छ । उपचारका क्रममा बच्चालाई दुई पटक कृत्रिम श्वास दिनुपरेको र २ पटक रगत चढाइएको थियो । बच्चा लाई २६ दिनसम्म अक्सिजनमा राखिएको थियो । बच्चालाई उपचारकै क्रममा जन्डिस समेत देखिएपछि फोटो थेरापी उपचार समेत गरिएको बताइएको छ । यसका साथै केएमसी ९मायाको अंगालो० पद्धती आमालाई सिकाइएर उपचार गरेका नर्सिङ अधिकृत मञ्जु पौडेलले बताउनु भयो ।
नर्सिङ अधिकृत पौडेल उपचारका क्रममा अभिभावकले चिकित्सक को टिमलाई विश्वास गरेको साथ र धैर्यता एकदमै राम्रो रहेको बताउनु हुन्छ । ‘‘अभिभाभकले नआत्तिकन साथ दिए, उनीहरुको आर्थिक अवस्था पनि कमजोर थियो’’, उहाँले भन्नुभयो, ‘‘रगत पनि निशुल्क उपलब्ध गराइयो, निकै मेहनत पछि बच्चा बचाउन सकियो । ’’
टीकापुर अस्पतालमा दैनिक ५० बढी बच्चा उपचारमा आउने गरेका छन् । अस्पतालमा भौतिक पूर्वाधार बेड अभावले भर्ना हुनका लागि पालो कुर्नुपर्ने वाध्यता छ ।