टीकापुर अस्पतालमा डाक्टरको मनपरी,शल्यक्रिया गर्न भर्ना गरिएको बिरामीलाई त्यसै घर पठाइयो

टीकापुर, १४ असार/टीकापुर अस्पतालमा कार्यरत डाक्टरको मनपरी बारे चर्चा गर्दा कतिपयले बिरोधका रुपमा बुझ्ने गरेका छन् तर अस्पतालमा डाक्टरको व्यबहारलाई बेहोरेका बिरामीलाई बिरोधका रुपमा बुझ्नेहरुलाई पीडा के थाहा रु टीकापुर अस्पताल ले खुट्टाको शल्यक्रिया गर्न सोमवार भर्ना भएका बिरामीलाई बुधवार उपचार नगरी सनिबार आउनु भनि घर फिर्ता पठाएको छ ।


जानकी ७ गौलौरीका दामोदर महतौंको देब्रे खुट्टामा देखिएको समस्या शल्यक्रिया गर्नुपर्ने भए पछि सोमवार भर्ना भएका महतौं लाई शनिबार आउन भन्दै घर पिर्ता पठाइएको हो । ‘‘ मंगलवार अप्रेसन हुन्छ भनेर सोमवार भर्ना गरियो तर अप्रेसन भएन ’’ पीडित महतौंले भन्नुभयो,‘‘मंगलबार आएर डाक्टर न्यौपानेले आज हुँदैन, दूई दिनपछि हुन्छ भन्नु भयो , दूई दिनपछि पक्का हुन्छ भनेपछि हुन्छ भने ।’’ बुधवार आएर अर्को डाक्टरले भोली बिदा छ , शुक्रवार र शनिबार हुँदैन , शनिबार आएर भर्ना हुनुहोला आइतवार गरौला भनेर घर पठाउनुभयो भन्दै पीडित महतौंले अस्पतालमा हामी जस्ता सामान्य मान्छेलाई उपचार गर्न गाहे छ भन्नुभयो । महतौं असार ४ गते खुट्टाको उपचारका लागि टीकापुर अस्पतालमा आएपनि डाक्टर बिरामी पूर्जामा अप्रेसन गर्ने मिति २०८० असार ७ गते लेखिएको छ ।
यसरी उपचारमा भएको लापरबाहीका बारेमा अस्पतालका अध्यक्षलाई समेत जानकारी गराइएको छ ।


लापरबाहीका बारेमा अस्पताल प्रमुख डाक्टर रेमकुमार राईलाई बुझ्न खोज्दा फोन उठेन । डाक्टर राई हाडजोर्नी बिषशेज्ञ हुनुहुन्छ । डाक्टर राईले ओपिडीको समयमा बिरामी नहेर्दा समस्य भएको बिरामीको गुनासो छ । डाक्टरले लापरबाही गर्न हुने कसैले प्रश्न गरे बिरोधी भन्ने प्रबृत्तिले बिरामीले सहज सेवा पाउने गरेका छैनन् । केही ठालूको मुख बन्द गर्न डाक्टरहरुले राम्रो व्यबहार देखाएपनि आम नागरिक लाई सताउने गरेको यहि घटना बाट पनि प्रष्ट हुन्छ ।
स्रोतका अनुसार टीकापुर अस्पतालमा आएका बिरामीको उपचारमा ढिलाई गरेर नीजि अस्पतालमा उपचार गर्न पठाउने गिरोह अस्पतालमा सकृय भएकै कारण महतौंको उपचारमा जानी जानी ढिला गरिएको हो ।