टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा सापकोटा

टीकापुर,२० भाद्र/कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा विजयी हुनुभएको छ ।
सापकोटा चार सय ६५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी तपेन्द्र स्वाँरले तीन सय ९५ र राजेन्द्र शाहले एक सय २५ मत प्राप्त गर्नुभयो ।
यसैगरी उपाध्यक्ष (उद्योगतर्फ) मा सन्तोष खड्का, उपाध्यक्ष (वाणिज्यतर्फ) मा कृष्ण उपाध्याय बजगाईँ, महासचिवमा नवराज रिमाल, सचिवमा तपेन्द्र कुँवर र कोषाध्यक्षमा लोकेश साउद विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत रघुनाथ उपाध्यायका अनुसार निर्वाचनमा एक हजार ३८ मत खसेको थियो ।
सङ्घका छ पदाधिकारीमध्ये अध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष र सचिवमा सापकोटा प्यानलका उम्मेदवार तथा उद्योगतर्फका उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष मा स्वाँर प्यानलका उम्मेदवार विजयी हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा सापकोटा प्यानलका सात र स्वाँर प्यानलका एक जना विजयी भएका छन् ।


खुल्ला सदस्यमा प्रकाश उपाध्याय (तिमिल्सिना), पृथ्वीराज ढुंगाना, हेमन्त रावल, बमबहादुर ओली, लालबहादुर चौधरी, दुर्गा शाहु, नमराज देवकोटा, हंशराज रावल निर्वाचित हुनु भएको छ ।
यस्तै महिला सदस्यमा टीका शाही, दलित सदस्यमा माया वागदास र जनजाति सदस्यमा जितबहादुर चौधरी निर्वाचित हुनु भएको छ । आगामी ३ वर्षे कार्यकालको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा १ हजार ३८ मत खसेको थियो ।