टीकापुर उद्योग वाणिज्य संघको १० औं पदस्थापन तथा दशैं दिपावली शुभकामना आदान प्रदान कार्यक्रम

टीकापुर, ११ असोज/टीकापुर उद्योग वाणिज्य संघको १० औं पदस्थापन तथा दशैं दिपावली शुभकामना आदान प्रदान कार्यक्रम भएको छ ।
कार्यक्रममा निवर्तमान कार्य समितिले वर्तमान कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ । कार्यक्रममा वर्तमान कार्यसमिति लाई निर्वाचन अधिकृत रघुनाथ उपाध्यायले पद तथा गोपनियताको सफत ग्रहण गराउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले टीकापुरमा औद्योगिक क्षेत्रको विकासका लागी सम्भाव्यता अध्ययन र कार्यान्वयन का लागी नगर सभाबाट निर्णय भइसकेको जानकारी दिनु भयो । उहाँले टीकापुरको गौरावका रुपमा रहेको टीकापुर पार्कको व्यावस्थापन र विकासका लागी निजी क्षेत्रसंगको साझेदारीमा काम अगाडी बढ्ने बताउनु भयो ।
टीकापुर नगरपालिका वडा न। १ का वडा अध्यक्ष मोहन वि।क।ले टीकापुरको व्यापार खस्कीदै जानुको कारण पहिचान गरी ड्राफ्ट तयारी गरी आउने हो भने वडा सरकार सहयोग गर्न तयार रहेको बताउनु भयो ।


टीकापुर उद्योग वाणिज्यसंघका निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीले टीकापुरका व्यापारीहरु बैंकको चर्को व्याजको चपेटामा परेका वेला नयाँ कार्यसमितिले बैंक एसोसियसन टीकापुरसंग यस विषयमा छलफल
गरी समस्याको सामाधान खोज्न सुझाव दिनु भएको छ ।
कार्यक्रममा टीकापुर उद्यँेग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्द हमाल, टीकापुर साना शहरी खाने पानी तथा सरसफाई संस्थाका अध्यक्ष नरेश कुमार केसी, टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारी, तर्कबहादुर बुढाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनु भएको छ ।