टीकापुर गौशालाले गोबर मल बिक्री शुरु गर्यो

दुर्गा देवकोटा

टीकापुर, २८ भाद्र/सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले गाइको मल बिक्री थालेको छ । यसअघि टूालीका हिसावले मल बिक्री गर्दै आएको गौशालाले मंगलबारबाट खुद्रारुपमा समेत मल बिक्री थालेको      हो ।
गौशालाले २० केजी र २५ केजीका प्याकमा मल बिक्री थालेको छ । मल किलोको रु १२ रुपैया पर्नेछ । विगतमा रु। ४ हजार प्रति ट्रालीका हिसावले बिक्री हुन्थ्यो । अब ट्राली लिनेका लागि ५ हजार शुल्क तोकिएको छ । गौशालामै आएर लिनेले मात्र मल पाउने व्यवस्थालाई चिर्दैै टीकापुर बजारमै मल पाउने व्यवस्था मिलाइएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिका सचिव द्धारिका जोशी बताउनुहुन्छ । ‘‘थोरै लिनेलाई पनि सहज होस् भनी किलोका हिसावले टीकापुरस्थित घण्टाघर नजिकैबाट बिक्री गर्न थालिएको हो’’, जोशीले भन्नुभयो, ‘‘अहिले गौशालामा ७ सय ६० सय गाई छन् ।’’


गाईको गोबर मल व्यवसायिक खेती मात्र नभइ थोरै बारीमा तरकारी खेती, कौशी खेती, फलफूल खेती गर्नेले पनि खोज्ने भएकाले किलोका हिसावले बिक्री थालिएको जोशीले बताउनुभयो । ‘‘गोबरग्यासबाट निस्किएको मल सुकाएर, केही समय राखेर त्यसपछिछ प्याक गरेर बिक्री गर्न थालेका हौँ’’, उहाँले भन्नुभयो, ‘‘टीकापुर बजारमा बिक्रीका लागि राखिएको, आगामी दिनमा अन्य ठाउँ र एग्रोभेटमा समेत राख्ने तयारी छ ।’’
समितिका अनुसार गौशालामा रहेको गोबरग्यासमा दैनिक ४ कुण्टलसम्म मल उत्पादन हुन्छ । यसरी बिक्रीबाट भएको आम्दानी गाइ व्यवस्थापनमा खर्च      हुनेछ ।
गौशालामा रहेको गोबरग्यासबाट विगत ४ महिनादेखि स्थानीयलाई ग्यास वितरण भइरहेको छ । स्थानीय ५५ घरले ग्यासको सुविधा लिदै आएका छन् । ग्यास हरेक दिन विहान २ घण्टा र साँझ २ घण्टा वितरण हुने गरेको छ । गौशालाले असोज महिनादेखि अब ग्यासको समेत न्यूनतम मूल्य लिने निर्णय गरेको छ । ग्यास वितरण भएका घरमा राखिएको मिटर रिडिङका आधारमा प्रति युनिट रु। ४५ लिने निर्णय भएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिका अध्यक्ष लोक बहादुर बुढाक्षेत्रीले बताउनुभयो ।
केही वर्षदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको गौशाला गएको जेठ महिनादेखि समितिले सञ्चालन गरिरहेको छ । गौशाला मा रहेका गाइको व्यवस्थापन समिति आफैले खर्च बेर्होने गरेको छ ।
नगरपालिकाले वार्षिक रु। २० लाख रकम छुट्याउने गरेकोमा त्यो रकम पशु सेवकमै खर्च हुने गरेको छ । त्यहाँ ८ जना गौसेवक कार्यरत छन् । २ जना व्यवस्थापन समितिका पदाधिकारी समेत सेवकका रुपमा कार्यरत छन् । ८ जनाले मासिक तलव सुविधा पाउने र २ जना सेवकका रुपमा कार्यरत रहेका छन् । ८ जनाको तलव खर्च बार्षिक साढ १८ लाख बार्षिक खर्च हुने गरेको बुढाक्षेत्रीको भनाइ छ ।
पालिकाले दिने रकम तलबमै खर्च हुने भएपछि पशुको आहारा तथा अन्य व्यवस्थापनमा समस्या भइरहेको बताइएको छ ।