टीकापुर जेसीजद्वारा आयोजना गरेको ककस कार्यक्रम सम्पन्न

टीकापुर, १८ भाद्र/टीकापुर जेसिज वर्ष २०२२ को आयोजना मा शुक्रबार टीकापुर उद्योग वाणिज्य संघको २३ औं चुनावी साधारण सभामा भाग लिएका उम्मेदवारसंग ककस कार्यक्रम भएको छ ।
टीकापुर जेसीज २०२२ का अध्यक्ष टोप प्रकाश बि।क।को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि टीकापुर जेसीजका पूर्व अध्यक्ष डा.जगतवहादुर सिंह रावल रहनु भएको थियो । कार्यक्रममा अध्यक्ष,उपाध्यक्ष उद्योग र उपाध्यक्ष वाणिज्य तर्फ पदका उम्मेदवार,महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी किन भन्ने बारे आ–आफ्नो धारण राख्नु भएको थियो ।


अध्यक्ष पदका उम्मेदवार चक्रपाणी सापकोटाले व्यापारीहरु को हकहितको लागि काम गर्ने बताउनुभयो । उहाँले बजार सुस्त छ त्यसलाई चलाएमान गर्ने र आफू सबै संघसंस्था र व्यापारीहरु संग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।
त्यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार तपेन्द्र स्वाँरले छरिएर रहेका सबै व्यापारीहरुलाई एकै ठाउँमा ल्याई काम गर्ने र आफूलाई व्यापारीहरुले साथ दिएमा यस क्षेत्रमा घरेलु उद्योग खोल्ने बताउनु भयो ।
उहाँले स्थानीय सरकार र प्रदेश सरकारसंग समन्वय गरेर बजार छेत्रलाई अन्धकारबाट उज्यालो तर्फ लैजाने बताउनु भयो ।


अर्का अध्यक्षका उम्मेदवार राजेन्द्र शाहले भन्सारलाई बन्द गर्नुभन्दा त्यस ठाउँबाट आयात हुने सामानमा कढाई गर्नुपर्ने र १ हजारभन्दाबढिको सामान ल्याउन रोक लगाउनुपर्ने बताउनु भयो ।
उहाँले कर्णलीको सन्नकट्टीमा पुलभएमा टीकापुरको व्यापार बढ्ने बताउनुभयो । आफू यो पुल बनाउनका लागि सधैंव लाग्ने र सधैं आफू व्यापारीहरुको हकहित का लागि सधैंव तयार रहेको बताउनुभयो ।
कार्यक्रमको संचालन टीकापुर जेसीज २०२२ का महासचिव मंगल साउँदले गर्नुभएको थियो ।