प्रकाशकीय
टीकापुर दैनिक २१ मा प्रवेश गरेको छ । करिब डेढ वर्ष साप्ताहिकरुपमा पत्रकारिताको शुरुवात भएको यात्रा अहिले २१ वर्ष पुगेछ । शुरुका दिनमा टीकापुरबाट दैनिकरुपमा पत्रिका सञ्चालन गर्न त्यति सहज
थिएन । कतिपयले गाहे छ भन्ने गरेका थिए तर हामीले टीकापुरका लागि केही गर्नैपर्छ भनेर हिम्मत ग¥यौँ । यस क्षेत्रका पाठक र शुभचिन्तकको सहानुभूतिले टीकापुर दैनिक यहाँसम्म पुगेको छ ।
टीकापुरमा हुने हरेक नयाँपनले यस क्षेत्रको आर्थिक समृद्धि मात्र होइन रोजगारमा पनि मद्दत पुग्छ । पत्रिकाले केहीलाई भए पनि रोजगार दिएको छ भने नागरिकलाई सुसूचित गर्ने प्रयास गरेको छ । डिजिटलको अहिलेको युगमा पत्रिका पढ्ने बानी कम भएको छ तर सामग्री पस्कन सक्याँै भने पत्रिकालाई निरन्तरता दिन सक्छौ भन्ने सोँच बनाएका छाँै । युगअनुसार परिवर्तन आवश्यक छ । हामी त्यसैको तयारीमा पनि छौँ । टीकापुर दैनिक टीकापुरको पहिलो दैनिक पत्रिका हो । यसैमा हामीलाई गर्व छ । राष्ट्र र समाजलाई केही योगदान दिनु हरेक नागरिकको कर्तव्य हो हामी पनि त्यही कर्तव्यलाई बुझेर आफ्नो पाइला अघि बढाइरहेका छाँै । पछिल्लो समय व्यापार व्यबसाय चौपट भएपछि पत्र पत्रिका पनि समस्या परेका छन् ।
कोरोनाको असर स्थानीय पत्रपत्रिकालाई पनि परेको छ । राष्ट्रिय ठूलो घरानाका सञ्चार माध्यममा पनि समस्या बढेको पाइन्छ । यस्तो अवस्थामा स्थानीय सञ्चार माध्यम समस्यामा पर्नु स्वभाविकै हो । स्थानीय सञ्चार माध्यम बचाउनु यस क्षेत्रका स्थानीय सरकारको कर्तव्य हो । तर ठीक उल्टो भएको छ यस क्षेत्रका स्थानीय जनप्रतिनिधिहरु र कार्यालय प्रमुख मिलेर कमिसनमा विज्ञापन राष्ट्रिय पत्रिकामा दिने गरेका छन् । सञ्चारको रकम स्थानीय सञ्चार माध्यमले २० प्रतिशत मात्र पाउँछन् । बाँकी सबै कमिसनमा अन्यत्र पठाउने गरेका छन् । सञ्चारकै रकम कमिसन खाने जनप्रतिनिधिबाट यस क्षेत्रका नागरिकले के आशा गर्न सक्छन् ? यस क्षेत्रका स्थानीय सरकारले लाखौं रुपैया सञ्चारमा खर्च गर्छन् तर स्थानीय सञ्चारका बारेमा जनप्रतिनिधिले वास्ता गर्दैनन् । जे होस् हामीले आफ्नो कर्तव्य निभाउन छाड्ने छैनौँ । नागरिकको अधिकार कुण्ठित भएका बेला र कसैलाई अन्याय लाग्यो भने स्थानीय सञ्चार माध्यमको ठूलो आवश्यक्ता पर्छ । त्यसैले स्थानीय सञ्चार माध्यमलाई बचाउने सवालमा सबैको सकारात्मक सोँच आवश्यक छ । पत्रिका सञ्चालन गर्दा टीकापुर दैनिकसँग आबद्ध पत्रकार र शुभचिन्तक, पाठक, विज्ञापनदाताहरु प्रति हार्दिक आभार प्रकट गर्दछौँ । साथै आउँदा दिनमा पनि सबैको साथ सहयोग र सुझाव रहोस् भन्ने कामना गर्दछौँ ।