टीकापुर, २६ चैत/टीकापुर नगरपालिकाले असल करदाता लाई सम्मान गरेको छ । नगरपालिकाले असल करदाता र कर्मचारी गरी २६ जनालाई सम्मान गरेको हो । नगरपालिकाले एक कार्यक्रम गरी टीकापुर नगरपालिका वडा नं. १ बाट सबैभन्दा बढी कर बुझाउने करदाता अनिल रावल, होतराज शर्मा पण्डित, सीतादेवी चौधरीलाई सम्मान गरिएको छ ।
वडा नं. २ बाट शुसिलकुमार सिंह, जगतराम डगौरा थारु, वडा नं . ३ बाट दमन चौधरी, राधा सुवेदी, वडा नं. ४ बाट पदमसिंह बम, रावबली थारुलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको छ । वडा नं. ५ का गणेश खड्का, तिलकराम चौधरी, वडा नं. ६ का देवी बहादुर राइ, राजेन्द्र बहादुर शाही, वडा नं. ७ बाट चुन्नु लाल डगौरा थारु, रामलाल डगौरा थारु, वडा नं. ८ बाट विरेन्द्र रावल, बच्चनलाल चौधरी, वडा नं. ९ बाट जहर सिंह धामी, छल्लु डगौरा थारुलाई सम्मान गरिएको छ ।
त्यसैगरी नगर कार्यपालिका कार्यालयमा नियमित कोठा भाडा बुझाउने लालविर कामी, मेनका निर्माण सेवा, नेपाल एस बीआइ बैँक टीकापुर, बढी कर बुझाउने टेकराज विष्ट, निर्मला केसी, देवबहादुर चन्दलाई सम्मान गरिएको हो । यसैगरी कर संकलन मा उल्लेखनिय भूमिका निर्वाह गरेकामा कर्मचारी दिला कुमारी जोशी रेग्मीलाई समेत सम्मान गरिएको छ ।
सम्मानपछि असल करदाता पदमसिंह बमले कर विना देश नचल्ने भएकाले सबैले कर तिर्नुपर्ने र १/१ रुपैयाले सय हुने बताउनु भयो ।
करदाता तथा कर्मचारीलाई सम्मान गर्दै नगर प्रमुख रामलाल डगौरा थारुले कर नगरपालिकाको आयस्रोत भएकाले कर नबुझाउँदा पालिका सञ्चालनमा समस्या हुने बताउनुभयो । उहाँले यहाँ उठ्ने करका आधारमा केन्द्रबाट अनुदान आउने भएकाले कर सबैले समयमै तिर्नुपर्ने बताउनुभयो ।
नगर उपप्रमुख खडकबहादुर शाहले कार्यक्रम समापन गर्दै नागरिकले मालपोत कर तिरे पनि अन्य कर तिर्न नागरिक खासै सचेत नभएका देखिएको बताउनुभयो । शाहले सम्मानित हुनेहरुले अभियन्ताका रुपमा काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम अमृता रावलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नगर प्रहरी र वडा सचिव लगायत अन्य कर्मचारी लाई समेत खादा ओढाइ सम्मान गरिएको थियो ।