टीकापुर नगरपालिकामा गरिएको तालाबन्दी खुल्यो

टीकापुर, १८ चैत्र/टीकापुर नगरपालिकामा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रशासकीय अधिकृतको कार्यकक्ष मा लगाइएको ताला खुलेको छ । कार्यपालिका बैठक ४७ औं कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुले अस्वीकार गरेका निर्णयहरु माइन्यूटमा लेखिएको भन्दै कार्यपालिका सदस्यहरुले फागुन २२ गते ताला लगाएका थिए ।


कार्यपालिका ४७ औं बैठकमा अनुगमन समितिका सदस्यहरु दिपक निसानी र राजरानी चोधरीलाईलाई फिर्ता बोलाएर नयाँ सदस्यका रुपमा लौटन चौधरी र कैलाशपति चौधरीलाई नियुक्त गर्ने निर्णय सार्वजनिक गरिएको थियो ।
अनुगमन समितिका सदस्य परिवर्तन गर्ने निर्णय विरुद्ध ११ जना कार्यपालिका सदस्य असन्तुष्ट थिए । तालाबन्दी गर्दा सात जना थिए भने तालाबन्दी खोल्ने र माइन्यूटमा असहमति जनाउने सदस्य भने पाँच जना मात्रै छन् ।
असहमति जनाउनेमा वडा नं। १ का वडाध्यक्ष मोहन लुहार विक, २ का दिपक चौधरी, ३ का ऋषि विक, कार्यपालिका सदस्य दीपक निसानी र राजारानी चौधरी रहेका छन् ।
तालाबन्दी खुलाउन आइतबार बसेको राजनीतिक दलको बैठकले नगरपालिकाको ताला खुलाउनुपर्ने, असहमतलाई असहमति लेख्न दिनुपर्ने सुझाव दिएका थिए ।