टीकापुर, १८ साउन/टीकापुर नगरपालिकामा लगाइएको ताला खुलेको छ ।
शनिबार नगर प्रमुख सहित भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासी बीच भएको छलफलमा समस्या समाधानका लागि यही साउन १९ गते सर्वदलीय बैठक बसाउने सहमती भएपछि ताला खुलेको नगर प्रमुख रामलाल डगौरा थारुले बताउनुभयो ।

पालिकाले भूमि आयोगको काम छिटो गर्न पहल गर्ने,सहजीकरणका लागि यही साउन १९ गते सर्वदलीय बैठक बस्ने, बैठकमा भूमि आयोगका प्रतिनिधि समेत बोलाउने सहमति पछि आन्दोलित भूमिहीनले ताला खोलेको बताइएको छ ।
बिहीबार भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीले आन्दोलन गर्दै पालिकाको केन्द्रमा ताला लगाएका थिए ।