टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

टीकापुर,२४ अषाढ/टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । टीकापुरमा एक कार्यक्रम गरी नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवम् दीगोपना घोषणा गर्नुभएको हो ।
घोषणा कार्यक्रममा उद्योग पर्यटन तथा वातावरण मन्त्री मानबहादुर धामीले टीकापुर, भजनी, गौरीगंगा पालिका पूर्ण खोप सुनिश्चित हुन थालेको बताउँदै दीगो विकास लक्ष्य प्राप्तिका लागि गरेका कामको सहना गर्नुभयो ।
स्वास्थ्यमा यी पालिकाले गरेका कार्यले अन्य पालिकालाई पनि प्रेरणा मिलेको उहाँको भनाइ छ । मन्त्री धामीले पूर्ण खोप घोषणा लगयातका कार्यका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा डब्लुएचओका डाक्टर निमेश खतिवडा, टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारी, समाजसेवी धर्मबहादुर विष्ट, महिला स्वास्थ्य स्वयमसेविका चन्द्रा चौधरी लगायतले बोलनुभएको थियो । कार्यक्रममा जनस्वास्थ्य उपशाखा संयोजक बलबहादुर रावलले पूर्ण खोपको मापदण्ड बारे जानकारी दिनुभएको थियो भने स्वागत उपप्रमुख खडक बहादुर शाहले गर्नुभएको थियो । कार्यक्रम कमलबहादुर रावल ले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष, स्वास्थ्य इञ्चार्ज, केही कर्मचारी, खोप कार्यकर्तालाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।