टीकापुर नगरपालिकालाई बजार अनुगमन गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपाल नगर समिति टीकापुरको अनुरोध

टीकापुर, १२ असोज/उपभोक्ता हित संरक्षण मञ्च नेपाल नगर समिति टीकापुरले टीकापुर नगरपालिकालाई बजार अनुगमन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
समितिको असोज १० गते बसेको बैठकले लामो समयदेखि टीकापुर बजारको अनुगमन हुन नसकेकाले चाडवाडका बेला हुने कालोबजारी मूल्यदबृद्धि र गुणस्तरहिन सामानको बिक्री बितरण रोक्न, बजारको अवस्था थाह पाउन, तत्काल बजार अनुगमन गन अनुरोध गरेको छ । समितिले खाने तेलको मूल्य बढेको र केही दिन यता मूल्य घटेकोतेलको खुद्रा बिक्री मूल्य अनुगमन गरिदिन टीकापुर नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ । टीकापुर बजारमा पेट्रोलको अभाव भैरहने पेट्रोल पम्पमा पेट्रोल नपाइने तर बजारका किराना पसलबाट बोतलमा महँगो दरमा पेट्रोल किन्नु परिरहेकाले पेट्रोल पम्पबाट मात्रै पेट्रोल पाउने र अभाव हुन नदिने व्यवस्था मिलाउन टीकापुर नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
पछिल्लो समय टीकापुरका उपभोक्ताले केराको खुद्रा मूल्य अत्याधिक तिर्नु परेको, विषादी प्रयोग गरेर पकाएको केरा खानु परेकोले युक्त केरा खानु परेकोले केराको थोकमूल्य र खुद्रामूल्य बीचको अन्तर मिलाउन र टीकापुरमा बनेको केरा पकाउने च्याम्बर सञ्चालनमा ल्याई स्वच्छ वस्तु प्रयोग गर्न पाउने उपभोक्ता अधिकारको प्रत्याभूत गर्न आवश्यक व्यवस्था मिलाउन नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष एकिन्द्र तिमिल्सेनाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
दशैको बेला माछा मासुको उपभोग बढ्ने तर विक्रीस्थल सुरक्षित नभएको र जहाँ पायो त्यही काटमार भैरहेका असुरक्षित रुपमा चोकमा, काठको खोकामा भैरहेका मासु बिक्री बन्द गराउन र मापदण्ड अनुसारका पसलहरु मात्र सञ्चालन गराउने व्यवस्था मिलाउन उपभोक्ता हित संरक्षण समितिलाई अनुरोध गरिएको छ ।
टीकापुरमा सञ्चालनमा रहेका रिक्शाहरु व्यवस्थित गर्न उपभोक्ता हित संरक्षण समिति टीकापुरले यस अघि पनि माग गर्दै आएकोमा हालसम्म नतिजा नदेखिएकाले टीकापुरमा सञ्चालनमा रहेका रिक्साको एकैनासको नम्बर राख्न र भाडादर तोक्न तत्काल पहल गर्न अनुरोध गरिएको छ ।
सामुदायिक कुकुरहरुको संख्या बढ्दै गएकाले समयमै व्यवस्थापन गर्न टीकापुर नगरपालिकाको विपद् व्यवस्थापन शाखालाई अनुरोध गर्नुका साथै, वर्षा सकिएको र दशै नजिकिदै जाँदा मानिसहरुको गतिशीलता बढ्ने अवस्थामा बाटामा भएका खाल्डा खुल्डीहरुले समस्या र आवतजावत मा कठिनाई भएकाले तत्काल पुरेर सहज बनाइ दिन नगरपालिका लाई अनुरोध गरिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च टीकापुरको सदस्यमा टीकापुर नगरपालिका वडा नम्बर २ का रिमा चौधरी र वडा नम्बर ७ का चेतराज ढुङ्गानालाई मनोनित गर्ने निर्णय गरिएको समेत जानकारी दिइएको छ ।
टीकापुर बजार हरेक महिनाको २५ गते पूरै बन्द गर्ने टीकापुर उद्योग वाणिज्य संघको निर्णय पुनरावलोकन गर्न ऐच्छिक बनाउन सार्वजनिक विदाको दिन र चाड पर्वको दिन बन्द नगर्ने वातावरण बनाउन सरोकारवाला पक्षलाई अनुरोध गर्ने निर्णय गरिएको उल्लेख छ ।
तिकुनियाबाट गुणस्तर तेल लगायतका सामान आइरहेकोले यसको नियमन गर्न र टीकापुर बजारमा रहेका व्यवसायीहरुले पनि बिक्रीमूल्य उचित राख्नी प्रतिश्पर्धी बन्न व्यवसायीहरुलाई आग्रह गर्नुका साथै बजारमा मालबस्तु खरिद गर्दा होशीयार हुन र खरिद बिक्री भएका मालबस्तुको बील दिन र लिन बिक्रेता र उपभोक्तालाई अनुरोध गरिएको छ ।