टीकापुर, २ जेठ/टीकापुर नगरपालिका वडा नं.७ टीकापुर नगरपालिका वडा नं.९ ले आयोजना गरेको फुटबल कप २०८० को उद्घाटन कार्यक्रम सोमबार भएको छ ।
वडा नं। ९ खेलकुद समितिका अध्यक्ष चन्द्र बहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रम मा टीकापुर नगरपालिकाका मेयर रामलाल डगौंरा थारु प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि मेयर रामलाल ले खेलाडी राष्ट्रका गहना भएको बताउनुभयो । डगौराले खेलकुद मा सक्रिय ब्यक्ति कुलतबाट टाढा रहने र स्वस्थ ब्यक्ति नै खेलाडी हुने हुनाले खेल आजको आवश्यकता भएको बताउनु भयो । खेलकुद प्रतियोगितामा नगरपालिकाले सधै सहयोग गर्ने बताउनुभयो ।
वडा नं. ९ का अध्यक्ष लौटन चौधरीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रममा फुटबल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नुभएको थियो ।
खेलकुद प्रतियोगिता टीकापुर नगर क्षेत्र भित्रका १४ वटा टिमले सहभागीता जनाएको समितिका सचिब महेश रावल ले बताउनुभयो ।
प्रतियोगिता ७ दिनसम्म संचालन हुने बताइएको छ । प्रतियोगिता मा प्रथम हुने टिमलाइ ५१ हजार नगद सिल्ड दोस्रो हुने टिमलाई ३१ हजार नगद र सिल्ड प्रदान गरिनेछ । त्यसैगरि खेल अबधिमा उत्कृष्ट खेल प्रदसन गर्नेलाई बेस्ट प्लेयर,बेस्ट डिफेन्डर, बेस्ट किपर, राइजिङ प्लेयर, बेस्ट स्कोरर प्रत्यक लाई २ हजार १ सय नगद र ट्रफि र मेडल प्रदान गरिने सचिब रावलले बताउनु भयो ।
सोमबारको प्रतियोगितामा टीकापुर ७ ‘बि’ र टीकापुर-४ बिच सम्पन्न भएको छ । निर्धारित समय सम्ममा पनि दुबै पक्षले कुनै पनि गोल गर्न नसकेपछि पेनाल्टी थियो । पेनाल्टी मा वडा नं. ४ ले वडा नं. ७ लाई ३ का विरुद्ध ४ गोल गरेर वडा नं. ४ बिजयि भएको थियो ।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष लालबिर चौधरी , वडा नं। ५ का बलबिर चौधरी, वडा नं. ६ का बलिराम चौधरी, वडा नं.७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने,वडा नं.८ का दिर्घ बहादुर ठकुल्ला र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन शसि श्रेष्ठले गर्नुभएको थियो ।