टीकापुर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

टीकापुर, १४ असार/सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले टीकापुर अस्पताल लाई एक सय शैयाको बनाउने बताउनु भएको छ ।
टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा बोल्दै मन्त्री साउदले कोरोना महामारीपछि भएको आर्थिक संकुचनका कारण प्रदेशकै बजेट सात अर्ब कम आएकाले बजेट स्थानीय तहले मागे अनुसारको बजेट नआएको बताउनुभयो ।
मन्त्री साउदले सुदूरपश्चिममा सेती, महाकाली र टीकापुर अस्पताललाई समान रुपले विकास गर्न खोजेकाले टीकापुर अस्पतालको स्तरोन्नतिका लागि बजेट व्यवस्था गर्छौ टीकापुरलाई १०० बेडको अस्पताल बनाउने बताउनु भयो ।
मन्त्री साउदले सुदूरपश्चिमका छ हजार स्वयं सेविकाहरुको मागलाई सम्वोधन गर्ने पनि बताउनु भयो ।
लक्ष्मणकिशोर चौधरीले टीकापुर अस्पताललाई प्रादेशिक बनाउन नसक्ने र टीकापुरमा मागेका योजना कटौती गरेर पछाडि पार्ने बजेट विभेदकारी भएकाले संशोधन नभए बजेट पारित नहुने बताउनु भयो ।
जिल्ला समन्वय समिति कैलाली का उपप्रमुखखगराज भुषालरुरु कैलाली जिल्लामा पूर्ण खोप सुनिश्चितता गर्न धेरै चुनौतीपूर्ण छ । खोप छुटेका कारण बालबालिकामा रोग देखिएर पुन सबैलाई खोप लगाउनु पर्ने समस्या आइरहेको बताउनुभयो ।
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले स्वास्थ्यमा आवश्यक बजेट विनियोजन गर्न चुकेको छ । स्वयंसेवकलाई सुविधा दिन कानुन बनाओस । ५१ शैयाको अस्पताल स्तरोन्नति गरि आवश्यक दरवन्दि उपलब्ध गराउन मन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।


जनता समाजवादीका जिल्ला अध्यक्ष बीरेन्द्र साउदले पनि टीकापुरले क्षतिपूर्ति सहितको विकास पाउनुपर्नेमा पाउदै आएको बजेट कटौति भएकोमा मन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।
धनसिहपुर स्वास्थ्य चौकीका इञ्चार्ज केवलसिह सार्की, महिला स्वयंसेवक सञ्जाल टीकापुरका संयोजक सुला रावलले सरकारले काम धेरै गराएको तर सेवा सुविधा कम भएको बताउनु भयो ।
नगरप्रमुख रामलाल डगौरा थारुले प्रदेश सरकारमा मन्त्री झ्यालबाट योजना हाल्दैनौ स्थानीय तहबाट पठाएको योजनामा बजेट आउँछ भनेपनि व्यवहारमा नदेखिएको मन्त्रीहरू साझा हुन नसको बताउनु भयो ।
स्वास्थ्य उपशाखाका सह–संयोजक कमलबहादुर रावलले सञ्चालन गर्नु भएको कार्यक्रम स्वागत उपप्रमुख खडगबहादुर शाहले गर्नु भएको छ ।
टीकापुर नगरपालिकाभित्र का १५ महिना मूनिका एक हजार ३६६ र १६ महिनादेखि पाँच वर्षसम्मका चार हजार ६६७ बालबालिकालाई खोप लगाइएको र खोजिनीति गर्दा छुटेका ३४ बालबालिकालाई पनि खोप लगाएर पूर्ण खोप सुनिश्चतता र दिगोपना घोषणा गरिएको टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो ।
२०७४ सालमा पूर्ण खोप पालिका घोषणा भएको टीकापुर नगरपालिकाले हरेक वर्ष सबै बालबालिकाले खोप पाएको निश्चित गरी पूर्ण खोप सुनिश्चता घोषणा गर्दै आएको छ ।