टीकापुर बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

टीकापुर, २३ चैत/टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल बिद्यार्थी संघको प्यानल विजयी भएको छ । अध्यक्षमा नेविसंघका नृप थापा सहित प्यानल विजयी भएको हो ।
थापा ४७५ मत ल्याएर विजयी हुनु भएको हो भने उहाँका निकटतम् प्रतिद्धन्द्धि अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३४२ मत पाउनु भएको छ । नागरिक विद्यार्थी समाजबाट भिमबहादुर चौधरीले २६६ र अनेरास्ववियु क्रान्तिकारीबाट भुपेन्द्र रावल ले २३३ मत पाउनु भएको छ । सचिवमा मणिराज भट्ट ५१० ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धि नागरिक विद्यार्थी समाजका अनुज चौधरीले २८७ मत पाउनु भएको छ । कोषाध्यक्षमा अनिता डंगौंरा थारु ४७४ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिद्धन्द्धि अनेरास्ववियु क्रान्तिकारी का गणेश ओलीले २८४ मत पाउनु भएको छ ।
सदस्यमा नेविसंघकै कुलराज भाट, निशा शाह, प्रदिप कुमार चौधरी, सरोज कुमार धामी, पार्वती कुमारी जोशी, इन्द्रबहादुर विक र गिरेन्द्र बोहरा विजयी हुनु भएको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिनुभयो ।

यस्तै समानुपातिक तर्फ नेविसंघले ५३०, नागरिक विद्यार्थी समाले २८१, अनेरास्ववियुले २८८ र अनेरास्वसवयु क्रन्तिकारी ले २२६ मत पाएको छ ।
१६ सय १२ विद्यार्थी मतदाता रहेको टीकापुर बहुमुखी क्याम्पस मा मंगलबार भएको मतदानमा १३ सय ४३ मत खसेको थियो ।
यसै बीच नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले बिजयी बिद्यार्थी लाई बुधवार नै बधाई तथा शुभकामना दिएको छ ।
क्षेत्रीय सभापति प्रकाश शाहको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेश सांसद ललिता सुनार,कर्णाली प्रदेश सदस्य शुसिला गिरी, जिल्ला सचिब केशव मिश्र, महासमिति सदस्य नवराज रावल, जिल्ला सदस्य टेकेन्द्र धामी, पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले बधाई तथा शुभ कामना मन्तव्य प्रकट गर्नुभएको थियो ।
निर्बाचित स्वबियू सभापति नृपबहादुर थापा र सचिब मणिराज भट्टले धन्यवाद दिदै क्याम्पसमा सुधारका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा स्वागत नगर सभापति नरेश कुमार खत्रीले गर्नुभएको थियो ।