टीकापुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा साउंद विजयी

टीकापुर, २९ चैत्र/टीकापुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका किरण साउँद बिजयी हुनुभएको छ । साउँदले ६ सय ५२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका गोविन्द प्रसाद भण्डारीले ५ सय ४७ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार रहेका अर्का प्रत्यासी दिवाशिष जंग थापाले ४२ मत पाउनु भएको छ ।


कार्य समितिको सचिवमा नेविसंघकै छविलाल न्यौपाने विजयी हुनुभएको छ । उहाँले ६ सय १९ मत प्राप्त गर्नुभएको छ । सचिवमा नागरिक विद्यार्थी समाजका आशिष चौधरी ५ सय ३ मत प्राप्त गरी पराजित हुनुभएको छ । सचिव पदमै स्वतन्त्र उम्मेदवार रहेका लोकेश देवकोटाले ८४ मत प्राप्त गर्नुभएको छ ।


कोषाध्यक्षमा नेविसंघकी डिम्पल चौधरी ६ सय ६६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सुदिप नेपाल ले ५ सय ३० मत पाउनु भएको छ ।
सदस्यहरुमा सबै नेविसंघ का सबै उम्मेदवार रहेका छन । समिक्षा शाहीले ७ सय ३ मत, कुशल जैशीले ६ सय ९७ मत, शिशिर तिरुवाले ६ सय ९६ मत, आश्मा चौधरीले ७ सय ४ मत, इशान लम्सालले ६ सय ५० मत, मनोज धामीले ६ सय ५६ मत, अनुषा कुमारी चौधरीले ६ सय ६३ मत र शिशिर रावलले ६ सय २४ मत प्राप्त गरेका छन ।


सदस्य पदमा पराजित हुनेमा अनेरास्ववियुका अनमोल खड्का, अनेरास्ववियुकै जुनाकुमारी चौधरी डगौरा,अखिल क्रान्तिकारी का जोती सुनार, अखिल क्रान्तिकारीकै रिमाकुमारी चौधरी, नागरिक विद्यार्थी समाजका अन्जिना चौधरी, नागरिक विद्यार्थी समाज कै अनु चौधरी, अखिल समाजवादी का पल्लवी विक र अनेरास्ववियु का सपना रावल रहेका छन ।
निर्वाचनमा नेविसंघ विरुद्ध पाँचवटा विद्यार्थी संगठनले संयुक्त प्यानल बनाएका   थिए । पाँचवटा विद्यार्थी संगठनको संयुक्त प्यानललाई हराउँदै नेविसंघले एकल जित हासिल गरेको छ ।
निर्वाचन समितिका अनुसार समानुपातिक तर्फ नेविसंघले ६ सय ८२, अनेरास्ववियुले ३ सय १३, नागरिक विद्यार्थी समाजले १ सय २७ र अखिल क्रान्तिकारीले १ सय १८ मत प्राप्त गरेका छन । कुल खसेको १ हजार २ सय ५४ मत मध्ये १४ मत बदर भएको छ ।