टीकापुर महोत्सव सम्पन्न, चर्को ब्याजदरबाट उद्योगी जोगाउन आवश्यक: ढकाल

टीकापुर, १७ माघ/उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले उद्योगी जोगाउन चर्को ब्याजदर घटाउन आवश्यक रहेको बताउनुभएको छ ।
टीकापुर महोत्सव समापन समारोहमा बोल्दै पूर्व अध्यक्ष ढकालले बित्तीय संस्थाको चर्को ब्याजदरका कारण ब्यापारी मर्कामा परेकाले ब्याजदर घटाउन आवश्यक रहेको बताउनुभयो । ‘‘बैंँक ब्याज वृद्धिले ब्यापारी मारमा परेकाले महासंघले पहल गरिरहेको छ । ठाउँ ठाउँमा जिल्ला जिल्लामा साथीहरुले बैंँक ब्याज विरुद्ध आन्दोलन गरिरहेका छन्’’, उहाँले भन्नुभयो, ‘‘साथीहरु ब्याजदरका विरुद्ध सडकमा आउनु परेको छ । हामीले ब्यवसायीलाई अनुचित ढंगले प्रस्तुत नहुन समेत भनेका छौँ ।’’

Exif_JPEG_420

ढकालले समस्याको निराकरण का लागि स्थानीय सरकार, सम्बन्धित निकायसँग छलफल गर्न भनेका छौँ भन्नुभयो । ‘‘निजी क्षेत्र र राष्टू बैंँकबीच वार्ताका लागि प्रधानमन्त्री, अर्थमन्त्री भेटेर छलफल गरेका छाँै’’, उहाँले भन्नुभयो, ‘‘बित्तीय क्षेत्रले आफ्नो नाफालाई घटाएर भए पनि उद्योगी जोगाउने वातावारण बनाउनुपर्छ ।’’
नेपालको निजी क्षेत्र विभिन्न आन्दोलन, भुकम्प, कोरोना विविध कारणले धरासायी भएको उहाँको भनाइ छ । ‘‘सबै कुराको असर ब्यापारीमा परेकाले सरकारले ध्यान दिनु पर्छ । उत्पादनशिल उद्योगको प्रवद्र्धन आवश्यक छ’’, उहाँले भन्नुभयो, ‘‘यो उद्योग वाणिज्य संघले आयोजना गरेको मेलाले आर्थिक चलायमान भएको छ । यस्ता मेलाले ब्यापारीक गतिविधी बढाउँछ ।’’
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य हेमराज गिरी, नेपाली काँग्रेसका परशुराम महत्तोँ, नेकपा एमालेका धुब्र खत्री, माओवादी केन्द्रका तिलक परियार, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट बहादुर सोडारी र संघसंस्था बाट नागरिक समाजका संयोजक भिमराम चपाइले बोल्नुभएको थियो । वाणिज्य संघका अध्यक्ष चक्रपाणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न ब्यक्ति तथा संघसंस्थालाई मायाको चिनो वितरण गरिएको थियो ।
प्रथम उपाध्यक्ष सन्तोष खड्काले स्वागत गर्नुभएको कार्यक्रम महासचिव नवराज रिमालले सञ्चालन गर्नुभएको थियो ।
माघ ४ गतेबाट शुरु भएको महोत्सवमा ५० लाख बढी टिकट बाट आम्दानी भएको छ । महोत्सव गर्दा टीकापुरमा करोड बढी कारोबार भएको आयोजकको भनाइ छ ।
महोत्सवमा कृषि र शैक्षिक प्रदर्शनी मुख्य आकर्षण रहेका थिए ।
महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारले भरपुर मनोरञ्जन प्रदान गरेका छन् । आयोजक टीकापुर उद्योग वाणिज्य संघले स्थानीय विकास का विभिन्न माग राख्दै महोत्सव गर्दै आएको छ । संघले २०६५ साल देखि महोत्सवको आयोजना गर्न थालेको हो । अघिल्ला वर्ष भन्दा यस वर्ष महोत्सवमा होटल व्यवसायीले राम्रो आम्दानी गरेका छन् । महोत्सवमा टीकापुरस्थित आँखा उपचार केन्द्रले निशुल्क परीक्षण र औषधिको सेवा दिएको थियो । टिकट बिक्रीको जिम्मा संघले रेडक्रसलाई दिइएको थियो भने पार्किङको जिम्मा सामुदायिक प्रहरी सेवा केन्द्र लाई दिइएको थियो ।
संघले टीकापुर नगरपालिकाका कर्मचारी र सञ्चारकर्मी तथा स्टल सञ्चालकलाई पास वितरणगरेको थियो । जेष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यबस्था मिलाए को थियो ।