टीकापुर योगाश्रमको छैठौ साधारण सभा,अध्यक्षमा नरबहादुर कडायत चयन

टीकापुर,१० असार/टीकापुर योगाश्रमको छैठौ चुवानी साधारण सभा भएको छ । साभारण सभाले नर बहादुर कडायतको अध्यक्षता मा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।
योगाश्रमको उपाध्यक्षमा सुरत बहादुर कुँवर, महासचिव धुब्रबहादुर रावल, सचिव बिक्रम बहादुर खड्का, कोषाध्यक्ष जयबहादुर बिष्ट चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा मैयाँ कुमारी अधिकारी, राधा उपाध्याय, ईन्दिरा भाट,सीता खनाल,ज्योती विश्वकर्मा, प्रशुराम चौधरी,खुशिराम चौधरी, जानकी भण्डारी, ज्ञानु थापा साउद, लक्ष्मी उपाध्याय थापा चयन हुनु भएको छ ।


त्यसैगरी सल्लाहकारमा शेरबहादुर रावल, हेमराज गिरी, शेरबहादुर बिष्ट, भावना महतरा, योजना अधिकारी,हृदयराज रेग्मी चयन हुनुभएको छ ।
वि। सं।२०५४ सालमा स्थापना भएको योगाश्रममा दैनिक योग कक्षा सञ्चालन हुने गरेका छन् ।
२०५४ सालदेखि टीकापुरमा नियमित योगाअभ्यास गराउँदै आएको आश्रमले योगाश्रमलाई राष्ट्रिय योग अनुसन्धान केन्द्रका रुपमा रुपान्तरित गर्नका लागि पहल गरिरहेको छ । २०५५ सालमा टीकापुर विकास समितिले १० कठ्ठा जग्गा उपलब्ध गराएपछि बहुमुखी आयामको ३ तले भवन आवश्यक रहेको भन्दै २०६९ सालमा टीकापुरमा महायज्ञ सञ्चालन भएको थियो । महायज्ञबाट प्राप्त भएको दान रकमबाट २०७० सालबाट भवन निर्माण शुरु भइ स्थानीय, प्रदेश लगायतका सरकारको सहयोगमा हाल योगाश्रमसँग आफ्नै वृहत भवन छ ।


योगाश्रमलाई थप विकास गर्न भवनको दोस्रो तला आवश्यक, योग सधना, प्राकृतिक चिकित्सा, आयुर्वेद सम्बन्धी पाढ्य सामग्री को संकलन र व्यवस्थापन गरी आत्यामिक जागरणमा प्रेरणादायी हुने पुस्तक सामग्री सहितको पुस्तकालय आवश्यक रहेको छ ।
ंकार्यक्रममा आर्थिक वर्ष २०७८÷७९ को १९ लाख ३० हजार बराबरको आयव्यय प्रस्तुत गरिएको छ ।
नरबहादुर कडायतको अध्यक्षता मा भएको कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारु प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले योगाश्रमको विकासका लागि सक्दो सहयोग गर्ने बताउनु भयो । विगतमा बडघर सम्मेलन गर्दा योगाश्रमको हल प्रयोग गरेको अनुभव सुनाउँदै बृहत हल देखेर बृहत योजना बनाउन आवश्यक रहेकाले आवश्यकता अनुसार सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा
योगाश्रमका संस्थापक पृथ्वी बहादुर रावलले टीकापुर योगाश्रम को जन्म ठूलो कुरा भएको बताउँदै आफूले बोकेका कल्पना दुलर्भ भएकाले कल्पना गरेको थोरै काम भएको बताउनुभयो ।
‘‘सबैले संरचनालाई हेर्छन, संरचना ठकि छ भन्छन्, संरचना भित्रको मर्म बुझ्ने कोही आएनन, चिन्तन गर्ने मानिसको अभाव छ’’, उहाँले भन्नुभयो,‘‘हात खुट्टा हल्लाउने उद्देश्य मात्र होइन ।’’ संस्थाका अध्यक्ष नरबहादुर कडायतले आधुनिक युगमा सबै काम मेशिनले गर्दा मानिसका गाठागुठी बन्द भएकाले स्वास्थ्यमा समस्या हुन थालेको बताउनुभयो । उहाँले आफू लठ्ठी टेकेर हिँड्ने मानिस स्वस्थ भएको बताउनुभयो ।
‘‘हामी आफूले चलाउने साधनलाई माया गर्छौ, तर शरीरलाई किन माया नगरेको ’’, उहाँले प्रश्न गर्नुभयो ।
कार्यक्रममा कैलाशेश्वर शिव मन्दिर टीकापुरका अध्यक्ष नारायण प्रसाद तिमिल्सिना, समाजसेवी सर्वानन्द चपाइ, आश्रमका पूर्व अध्यक्ष मुक्तिनाथ रेग्मी, पतञ्जली योग समितिका बासुदेव बजगाई, समाजसेवी मातृका तिमिल्सेना, शेरबहादुर विष्ट, खानेपानी संस्थाका उपाध्यक्ष सिर्जना शर्मा पण्डित,शिक्षक हृदयराज रेग्मी लगायतले बोल्नुभएको थियो ।
उपाध्यक्ष सुरत बहादुर कुँवरले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन कोषाध्यक्ष धुब्र रावल ले गर्नुभएको थियो ।