टीकापुर, २१ फागुन/कैलालीको टीकापुर विमानस्थलमा तारा ऐअरले प्रत्येक सोमवार उडान भर्ने भएको छ । साताको तीन दिन विमानस्थल मा उडान भर्ने बताएको ताराले एक दिन मात्र भर्ने भएको हो ।
तारा एअरले टीकापुर नगरपालिकालाई मिति २०८१ फागुन १९ गते एक पत्र पठाउदै सोमवार हप्ताको एक दिन मात्र उडान भर्ने उल्लेख गरेको छ ।

नगरपालिका र तारा एअरबिच २०८१ मंसिर १८ गते भएको उडान सञ्चालन सम्बन्धी सम्झौताको शर्त नं। १ अनुसार मार्च महिनादेखी जहाज नेपालगञ्ज बेस नहुने भएकाले फ्लाईट सङ्ख्या घटाएको बताएको छ ।
पत्रमा उल्लेख भए अनुसार यो कुरा तारा एअरले २०८१ फागुन २६ गतेदेखि लागु गर्नेछ। पत्रमा नेपालगञ्ज–टीकापुर–नेपालगञ्ज मात्रै उडान सञ्चालन गरिने ब्यहोरा सबैमा जानकारीका लागि नगरपालिकालाई अनुरोध गरिएको छ ।
तारा एअरले २०८१ मंसिर ३० गतेबाट व्यावसायिक उडान सुरु गरेको थियो । त्यसअघि २०८१ कात्तिक १२ गते नेपाल वायुसेवा निगमको जहाजले विमानस्थलमा परीक्षण उडान भरेको थियो ।
टीकापुर नगरपालिकाले १५ सिटको ग्यारेन्टी गरेपछि तारा एअरले बन्द अवस्थामा रहेको विमान स्थलमा व्यावसायिक उडान सुरु गरेको थियो ।