टीकापुर सामुदायिक पुस्तकालयको फागुन महिनाको उत्कृष्ट पाठकका रुपमा नविन शाह पुरस्कृत

टीकापुर, १२ चैत/टीकापुर सामुदायिक पुस्तकालयले फागुन महिनाको उत्कृष्ट पाठकका रुपमा टीकापुरका नविन शाह पुरस्कृत गरेको छ ।
उहाँलाई शनिबार एक कार्यक्रमका बिच १० हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको छ ।
उत्कृष्ट पाठकका रुपमा पुरस्कृत टीकापुर नगरपालिका वडा नम्बर १ ज्योतिनगरका शाहले फागुन महिनामा टीकापुर सामुदायिक पुस्तकालयमा बसेर ८४ घण्टा १४ मिनेट अध्यायन गर्नु भएको थियो ।
पुस्तकालयमा आएर अध्यायन गर्दा आफूलाई उत्कृष्ट पाठकको रुपमा पुरस्कृत गर्दा पुस्तकालय लाई धन्यवाद दिदै यसले आफूलाई अझै पढ्ने हौसला मिलेको बताउनु भयो ।
अन्य ठाउँमा पढ्न जाँदा पैसा तिर्नु पर्ने, बुक किन्दा पैसा तिर्नु पर्ने तर टीकापुर सामुदायिक पुस्तकालयमा पढ्न आउँदा पैसा तिर्नुको साटो उल्टै पुरस्कृत गरिने भएकाले पुस्तकालयमा पढ्ने बानीको विकास गर्न सुझाव दिनुभयो ।
फागुन महिनामा १३३ जना पाठकले नियमित रुपमा पुस्तकालय मा आएर अध्यायन गरेका थिए । पुरस्कार बितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि पत्रकार मातृका तिमिल्सिनाले टीकापुर सरोकार समुहको सहकार्यमा टीकापुर सामुदायिक पुस्तकालयले गरेको यो कामको प्रसंशा गर्दै अब टीकापुर सामुदायिक पुस्तकालयले इ–लाइबेरीको धारणामा जानुपर्ने सुझाव दिनु भयो ।
उहाँले ठिक ठाउँमा ठिक मान्छे पुगेपछि मात्र त्यो ठाउँको विकास हुने भन्दै ठिक मान्छेलाई ठीक ठाउँमा पुगाउनका लागि सबैले बोल्नु पर्ने, त्यसका विषयमा आवाज उठाउनु पर्ने बताउनु भयो ।


पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले पुस्तकालयमा पाठकको संख्या घटेकाले यो उपाय उपनाईए को र अहिले मासिक रुपमा पाठक को संख्या बढ्दो क्रममा रहेकाले अझै यसको प्रचार गर्न आग्रह गर्नुहुन्छ ।
पुरस्कार बितरणका साथै पत्रकारका नजरमा टीकापुर सामुदायिक पुस्तकालय विषयमा अन्र्तक्रिया कार्यक्रम पनि भएको थियो ।
अन्र्तक्रियामा सहभागि पत्रकारहरुले पुस्कालयलाई इ लाइबेरीको अवधारणमा लैजानु पर्ने, अन्य नयाँ नयाँ कार्यक्रमहरु थपिनु पर्ने, राजनितिकलाई बाहिर राखी सामाजिक भावना ले नेतृत्वले काम गर्नु पर्ने सुझाव दिएका थिए ।
पुस्तकालयका कोषाध्यक्ष विरेन्द्र साउँदले स्वागत गर्नु भएको कार्यक्रम सञ्चालन सचिव देविन्द्र बहादुर शाहले गर्नु भएको थियो ।
टीकापुर सरोकार समुहको आर्थिक सहयोगमा टीकापुर सामुदायिक पुस्तकालयले गएको मंसिरदेखि हरेक महिना उत्कृष्ट पाठकलाई समान्न गर्दै आइरहे को छ ।