टीकापुर साहित्य महोत्सवको तयारी अन्तिम चरणमा,महोत्सवको उद्घाटन सिकेलालले गर्ने

टीकापुर, २४ चैत/टीकापुरमा पहिलो पटक यहि चैत्र २५ गतेदेखि हुन लागेको ‘टीकापुर साहित्य महोत्सव ’को तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबार पत्रकार सम्मेलन गरि महोत्सव स्थलको तयारीदेखि महोत्सवमा आउने पाहुँनाहरुको तय भएको आयोजक टीकापुर साहित्य समाजले जानकारी गराएको हो ।
सिद्धार्थ होटलको प्राङ्गणमा चैत्र २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीति लगायतका २० वटा सत्रमा छलफल हुने जनाइएको छ । छलफलमा सहभागि हुने सहजकर्ता र वहसकर्ताको पनि टुंगो लागिसकेको आयोजक साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी गराउँनुभयो ।
‘‘साहित्य महोत्सवलाई कुनै तडकभडक र खर्चिलो नबनाई साहित्य महोत्सवकै रुपमा सम्पन्न गर्ने निधो गरेका छौ ,’’ अध्यक्ष शाहले भन्नुभयो,‘‘ महोत्सवको उद्घाटन लेखक तथा विश्लेषक डाक्टर सिके लालबाट साहित्य मार्फत सामजिक सद्भाव विषयक विद्वत प्रवचनबाट गरिने छ ।’’


‘‘टीकापुर साहित्य महोत्सव हरेक वर्ष गरिने छ , अहिले छोटो समयमा नै महोत्सवको आयोजना गरेकाले भएका त्रुटीहरु लाई क्षमा दिदै महोत्सव सफल पार्न सबैले सघाउनुपर्छ ।’’ शाहले भन्नुभयो ।
महोत्सवका सहभागीका लागि सिद्धार्थ होटलभित्र एक हजार जना बस्ने व्यवस्था गरिएको छ । तीन दिनसम्म चल्ने महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखक, पत्रकार सहभागी हुने छन् । महोत्सवमा कुनै प्रवेश शुल्क नलाग्ने भएकाले सहभागी भई ज्ञान हासिल गर्न सकिनेछ ।
टीकापुर साहित्य समाजद्वारा तीनवटा पुरस्कार घोषणा
पत्रकार सम्मेलनमा टीकापुर साहित्य समाजले वितरण गर्ने तीन वटा पुरस्कार पाउने व्यक्तिको नाम घोषणा गरिएको छ । महोत्सवको उद्घाटनमा वितरण गर्ने भनिएको पुरस्कार पाउने तीन बिधाका नाम सार्वजनिक गर्दै समाजका अध्यक्ष शाहले एक लाख राशी को ‘खड्गस्मृति राष्ट्रिय गौरव पुरस्कार २०७८’ थोमस वर्गिज र मेरी वर्गिजलाई अर्पण गर्ने जानकारी गराउनुभयो । टीकापुरमा योजना वद्ध शहरको परिकल्पनाकार तत्कालिन मन्त्री स्वर्गीय खड्गबहादुर सिंहको सम्झानामा स्थापना भएको सो पुरस्कार वर्गिज दम्पत्तिले टीकापुरमा आवासीय विद्यालय ९हाल वीरेन्द्र विद्या मन्दिर मावि० स्थापना गरी लामो समय यहाँका नागरिकका सन्ततिलाई शिक्षा दिने काममा योगदान गरे वापत दिइन लागेको      हो । वर्गिजले नेपालका विभिन्न ठाउँमा विद्यालय खोलेर अङ्गे्रजी माध्यामको पढाइ विस्तार गर्नु भएको छ ।
यस्तै ५० हजार राशीको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार गायिका अनु चौधरी लाई प्रदान गरिने भएको छ । सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार युवा नेपाली, खस र थारु भाषामा लोकप्रिय गीतहरु गाएर भाषा र कलाको उन्नयन र प्रवद्र्धनमा साधनारत चौधरीलाई प्रदान गरिन लागेको हो । यस्तै २५ हजार राशीको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार टीकापुरका उच्च माविका सर्वोत्कृष्ट नतिजा ल्याउनु भएका गणेश बाबा वार्डिङ स्कुलका छात्र प्रवेश रावललाई दिने निर्णय गरेको छ । यस क्षेत्रका लागि पहिलो अनुभव भएकाले यस क्षेत्रका बिद्धत बर्गले उत्साहाका रुपमा लिएका छन् । ‘‘कार्यक्रम सफल बनाउँनु सबैको कर्तव्य हो , टीकापुरका लागि अवसर हो ,’’ स्थानीय साहित्यकार कान्ती प्रशाद ज्ञवालीले भन्नु भयो,‘‘ टीकापुरलाई चिनाउने कार्यक्रम भएकाले सामाजिक अगुवाहरुले पनि यो कार्यक्रम प्रति चासो दिन जरुरी छ । ’’ उहाँले साहित्य समाजले गरेको प्रयास सहनीय भएको भन्दै सबैको उपस्थिती आवश्यक छ भने बाहिरबाट आउनु भएका पाहुँना लाई स्वागत तथा सम्मानको वातावरण बनाउँन जरुरी छ । ’’
कार्यक्रममा हाम्रो देशको प्रधानमन्त्री कस्तो हुने छ भन्ने बारेमा यस क्षेत्रका बिद्यार्थीले बहस गर्ने छन् । साहित्य मार्फत सामाजिक सद्भाव कायम गर्ने उदेश्य साहित्य कार्यक्रमको हुने छ । २० वटा सत्रमा बिभिन्न शिर्षकमा छलफल र बहस हुने छन् । अन्तमा सांस्कृतिक कार्यक्रम गरी कार्यक्रम समापन हुने जनाइएको       छ । कार्यक्रम बिहना १० बजे देखि ५ बजेसम्म हुने छ । केही अतिथीहरु शुक्रवार नै टीकापुर आउने कार्यक्रम छ । यसरी आउने अतिथीहरुको स्वागतका लागि बनाना एग्रो रिसार्टमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ