टीकापुर, २६ फागुन/टीकापुर साहित्य महोत्सवमा दोस्रो दिनको संस्करणमा ६ वटा शत्रमा छलफल भएको छ ।
आइतबार स्थानीय तहमा महिला नेतृत्व विषयमा भएको लम्की चुहाका प्रमुख शुशिला शाही र राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरी सहभागी हुनुहुन्थ्यो । दोस्रो शत्र नेपाली आख्यान र महिला लेखक विषयमा समेत छलफल भएको थियो । जसमा लक्ष्मण प्रसाद गौतम, सुमन वर्षा घिमिरे, प्रगति राई तथा सगुना शाहबीच छलफल भएको छ ।

तेस्रो शत्रमा किन ओझेलमा छन् दलितमा मुद्दा विषयमा सुदूरपश्चिम प्रदेशका पूर्व कानून मन्त्री डाक्टर रणबहादुर रावल र संघीय सांसद सन्तोष परियारबीच छलफल भएको छ । छलफलमा उहाँहरुले जातीय बिभेदका बारेमा आफ्ना बिचार राख्नुभएको थियो । डाक्टर रावल र परियारले दलित समुदायले क्षति पूर्ति सहितको अधिकार खोज्नु स्वभाविकै हो भन्ने निस्कर्ष निकाल्नु भएको थियो । आर्थिक सवलिकरण मुख्य समस्या रहेको र त्यसका लागि गैर दलितले पनि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । दुबै जनाले दलितका मुद्धा उठाएपनि को बढी दलितका सवलामा गम्भिर छ भन्ने सन्देश दिने प्रयास भएको पाइन्थ्यो ।

त्यस्तै गैह्आख्यानका नवीन विषयबस्तु बारे लेखक तथा पत्रकार मोहन मैनाली र घनश्याम खड्कासँग छलफल भएको थियो । यस पनि दुबैजनाले व्यापक चर्चा गर्नुभएको थियो । त्यस्तै भुइबाट उठेका उद्यमी विषयमा रिक्सा चालक भगवती मगर, सैलुन सञ्चालक रमा कठरिया, ठेला खाजा गर्ने लोकराज कार्की र तरकारी व्यवसायी खुशीराम चौधरीबीच सहजकर्ता रंग अधिकारीले छलफल गर्नुभएको थियो । यो बिषयमा समाजले भुइमान्छेका सवालमा चर्चा कम भयो की भन्ने महशुस गराएको छ । कार्यक्रममा आफ्नो जीवन यापन गर्दा कसरी पेशामा संलग्न भइयो भन्ने बारेमा चर्चा गरिएको थियो ।
त्यस्तै, व्यवसायिकताको बाटोमा नेपाली नाटक विषयमा सुनिल दीया मास्केबीच छलफल भएको छ । शत्रहरु पछि गजल सन्ध्या भएको छ । गजल सन्ध्यामा तारा पल्लवी, हुकुम धड्कन, कमल संघर्ष लगायतका साहित्यकारले गजल सुनाएका छन् । फागुन २४ देखि आज २६ गतेसम्म १८ वटा सत्र चल्ने यो टीकापुर महोत्सवको दोस्रो संस्करणहो । महोत्सवमा धेरै कुरा सिक्ने अवसर पाइएको स्थानीय नेतृ निर्मला कडायतले भन्नुभयो ।‘‘ यति राम्रो कार्यक्रम भएपनि हामीले कार्यक्रमको महत्व नबुझेको जस्तो लाग्यो, ’’ कडायत ले भन्नुभयो, ‘‘यस्ता कार्यक्रमले टीकापुरको महत्व र पहिचान दर्साएको छ ।’’
‘‘देशभरका शिर्ष साहित्यकार आउनु भएको छ भने स्थानीयले पनि अवसर पाउनु भएको छ ,आयोजक र संयोजक महेश बिक्रम शाह लाई हामीले धन्यवाद दिनुपर्छ’’ कडायतले भन्नुभयो, ‘‘हरेक बर्गका लागि सुहाउँदो कार्यक्रम छ ।’’