टीकापुर साहित्य महोत्सव शुरु

टीकापुर, २६ चैत/टीकापुरमा साहित्य महोत्सव शनिबारबाट शुरु भएको छ । २७ गतेसम्म सञ्चालन हुने साहित्य महोत्सव को लेखक तथा विश्लेषक सिके लालले विद्वत प्रवचनबाट शुरु गर्नुभएको हो । लेखक सिके लालले साहित्यमार्फत सद्भाव सम्भव भएको बताउनुभयो ।
दुई व्यक्ति र विरुवामा त समानता हुंदैन भने दुई समुदाय एउटै हुन कठीन छ तर साहित्य को काम स्वीकार्यतामा सकिने होइन, समझदारी निर्माण गर्ने भएकाले समझदारी बनाउन सके साहित्य मार्फत सद्भाव सम्भव रहेको उहाँको तर्क थियो ।
लेखक सिकेलालले साहित्यले सद्भाव ल्याउँछ भन्ने ग्यारेन्टी नभए पनि सबैको हितको भाव साहित्य भएकाले साहित्यले समाजको चित्रण गर्ने, अँध्यारोमा बाटो देखाउने, संयमता नगुमाउन पे्ररित गर्ने बताउनुभयो ।


टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले टीकापुरमा यसअघि गजल र कविता वाचनमा मात्र सीमित साहित्यिक गतिविधि अब महोत्सवका रूपमा अगाडि बढेको र साहित्यिक महोत्सव मार्फत सामाजिक सद्भाव, विकास र सर्जकका मनहरूमा साहित्य भाव अझ प्रष्फुटन हुने अपेक्षा लिएको बताउनुभयो ।
टीकापुर साहित्य समाजको आयोजनामा भइरहेको साहित्य महोत्सवको पहिलो दिन ‘बैकिनी को आँसुमा डुब्छ सुदूरपश्चिमको धर्ती’ विषयमा वादी अधिकार आन्दोलनकी अगुवा तथा पूर्व प्रदेश सभा सदस्य उमादेवी वादी, दृष्टि फाउण्डेशन धनगढीकी सञ्चालक कल्पना भट्ट, पत्रकार उन्नति चौधरीले महिलाले भोग्नुपरेको समस्या, अवसर र सुदूरपश्चिममा महिलाको अवस्थाबारे बोल्नु भएको थियो ।
महिलाले पुरुष जन्माउँदा समस्या नहुने अनी महिलाले मुख्य पद पाउँदा समस्या हुने चिन्तनलाई त्याग्नुपर्ने बताउनु भयो । महिलाले बच्चा जन्माउनु पर्ने, नागरिकता बनाउँदा मामाघर खोज्ने वर्तमान सरकारको व्यबहारप्रति असन्तुष्टि जनाउँदै महिला हकका बारेमा हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
दृष्टि पाउण्डेसनका सञ्चालक भट्टले भने असहायहरुको जिम्मा सरकारले लिनुपर्ने भन्दै मानवता का पक्षमा काम गर्दा समेत स्थानीय र प्रदेश सरकारले चासो नदिने गरेको बताउनुभयो । महिला भएकै कारणले सहयोग पाइदैन यस्तो मानसिकता भएपछि महिलाले कसरी काम गर्न सक्छन् भन्दै भट्टले प्रश्न गर्नुभयो ।


साहित्य किन लेख्ने किन पढने रु विषयमा केशव दाहाल र शिवानी सिंह थारु, पाठकको रोजाईमा उपन्यास नै किन भन्ने विषय मा नयनराज पाण्डे, अमर न्यौपाने, उमा सुवेदी, आख्यान मा पहिचानका मुद्दा विषयमा अर्चना थापा, फूलमान बल, ‘बाटो बिराएको आजको शिक्षा’ विषयमा डाक्टर सञ्जीव उप्रेती र प्राध्यापक डाक्टर भारती जोशीले छलफलमा भाग लिनु भएको छ । साहित्य सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनको सांझ साहित्कार ले गलज बाचन गर्नुभएको थियो । यस क्षेत्रका लागि एतिहासिक कार्यक्रम भएकाले स्थानीयलाई उत्सुकता हुनुपर्ने भए पनि कार्यक्रम स्थलमा भने खासै उपस्थिती देख्न पाइएन ।