ठगिएको टीकापुरका बारेमा नागरिक सचेत हुनुपर्छ

सम्पादकीय

गणतन्त्रमा टीकापुर ठगिदै गएको छ । टीकापुरको विकास जुन रफ्तारमा हुनुपर्ने हो त्यो रफ्तारमा भइरहेको छैन । एउटा व्यबस्थित सहर ठगिदै गएको छ तर यहाँका जनता सचेत भएको पाइदैन । आफ्नो ठाउँको विकास गर्ने सवालमा नागरिक पनि सचेत हुन जरुरी छ । नागरिकले आफ्ना बारेमा नसोच्ने हो भने टीकापुरको विकास सम्भब छैन । हरेक दृष्टिकोणले टीकापुर ठगिएको छ तर यहाँका सामाजिक अगुवा विकास निर्माणमा श्रेय लिन होडबाजी गरिरहेका हुन्छन् । नेतृत्व लिनका लागि हुने होडवाजी स्वभाविकै मान्न सकिन्छ तर यसको मतलव विकासका नाममा द्वन्द गराएर नेतृत्व लिनु राम्रो होइन । क्षमता र दाग नलागेको मान्छे पाउन गाहे छ तर अगुवा बन्ने रहर भने धेरैमा छ । सामाजिक अगुवा बन्ने रहर राख्नु राम्रो पक्ष हो तर यस्तो रहर राख्दा अर्काको अस्तित्व स्विकार्न नसक्ने संस्कारले आपसमा द्वन्द बढाउँदै गएको छ । सामाजिक अगुवा त्यो समाजको ऐना हो । समाजको ऐना बेदाग हुनुपर्छ भन्ने हो । दाग लागेको ऐनामा अनुहार हेर्दा कस्तो देखिन्छ ? ऐना सफा हुनुपर्छ भनेर बोल्ने वानी छैन अनी विकास देखाएर समाज दोहन गर्न उद्यत छन् । समाजको अगुवाले समाजको विकास र सद्भाव कायम गर्ने सवालमा भूमिका खेल्नुपर्छ । समाजका लागि काम गर्न हो भने आपसमा लड्नु राम्रो होइन । अगुवा बन्ने रहर छ भने अगुवा बन्न आवश्यक पर्ने गुर्णका बारेमा पनि ख्याल गर्न जरुरी छ । यस क्षेत्रका नागरिकले बर्षाै देखि सुदुरपश्चिम वासी ठगिदै आएको कुरा त गरे तर ठगिएको महशुस गरेको टीकापुरका बारेमा अन्य जिल्लाका नेता र स्वयम धनगढीका नेताले कहिलै पैरवी गरेको पाइएन तसर्थ समाजका अगुवाहरुले आफ्नो आनीबानी सुधार्न जरुरी छ । टीकापुरको विकासमा सबैको अहम भूमिका छ । आम नागरिकले टीकापुरमा सम्पत्ति जोडेर अर्बाै लगानी गरेका छन् यस्तो अवस्थामा सामाजिक अगुवाले पनि सोच्न जरुरी छ ।