तरुण दलमा कुंवर

टीकापुर, २७ चैत/नेपाल तरुण दल क्षेत्र नम्बर १ को सभापतिमा कल्पेश कुँवरलाई चयन गरिएको छ । तरुणदलका जिल्ला सभापति निराजन खड्का ले कुँवरलाई मनोनित गर्नुभएको हो ।
सोमवार टीकापुरमा भएको घोषणा सभा मार्फत कुँवरलाई सभापतिमा चयन गरिएको हो । साथै डम्बर तिखातरीलाई कुँवरले सदस्यमा मनोनित गर्नुभएको छ ।
पदाधिकारी र अन्य सदस्यलाई कुँवरले पछि मनोनित गर्ने जनाउनु भएको छ । घोषणा सभामा प्रमुख अतिथी नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रीय सभापति प्रकाश शाहले तरुण नेतृत्व पाउँदा पार्टीले धेरै आशा गरेको छ भन्नुभयो । उहाँले गुटउपगुट का कुरा नगरेर सिंगो तरुण र कांग्रेसलाई बलियो बनाउन आग्रह गर्नुभयो । ‘‘तरुण पार्टीका मेरुदण्ड हुन्,तरुण बिभाजन भएभने कांग्रेस कमजोर हुन्छ् ’’ शाहले भन्नुभयो ,‘‘ नयाँ आएका तरुणलाई गुटउपगुटमा बिभाजन गर्ने काम कसैत्रबाट हुनुहुँदैन ।’’ जिल्ला सदस्य टेकेन्द्र धामीले नेपाली कांग्रेस जस्तो लोकतान्त्रीक पार्टीलाई बिभिन्न क्षेत्रबाट आक्रमण हुन थालेको बताउँनुभयो ।


उहाँले भातृ संगठनले समयमै सकृयता देखाउन नसक्दा संगठन चलायमान हुन सकेका छ्रैनन् भन्नुभयो । पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले तरुणदल संग पार्टी भित्रका र अन्य पार्टीले गरिरहेका खराब आचरणका बिरुद्ध लड्नु चुनौती रहेको बताउँनु भयो । पार्टीमा बढ्दै गएको अराजकतालाई रोक्न तरुण दलले निश्पक्ष भूमिका निभाउनु पर्नेमा जोडदिनुभयो ।
तरुण दलका केन्द्रिय सदस्य खड्ग धामीले क्षेत्र नम्बर १ ले निष्ठावान युवा पाएको छ अहिले का नेतृत्वले तरुण युवाहरुलाई एक बनाएर अघि बढ्ने बिश्वास लिएको बताउनुभयो ।
तरुण दलका जिल्ला सभापति खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा सभापति कुँवरले आफु निश्पक्ष भएर संगठनमा लाग्ने प्रतिबद्धत जनाउनुभयो । पदको बारेमा कहिलै ध्यान नदिएको भन्दै कुँवरले यसको मान्छे उसको मान्छे भनेर नचिन्ने बताउँनुभयो । ‘‘युवाहरु बिदेश पलायन
भइरहेको अवस्थालाई हेरेर तरुणले काम गर्नुपर्छ भन्ने बुझेको छु सबैको सहयोग चाहिन्छ ।’’ कुँवरले भन्नुभयो । कार्यक्रममा स्वागत नेपाल तरुण दलका नगर सभापति किरण कडायतले गर्नुभएको थियो भने सञ्चालन टीकापुर बहुमुखी क्याम्पसका स्वबियू सभापति नृपजंंग थापाले गर्नुभएको थियो । बिद्यार्थी कालदेखि अनवरत संगठन मा लाग्नु भएका युवा कुवँरलाई सभापति बनाए पछि संगठनले गति लिन्छ भन्ने कांग्रेसजनले बिश्वास गरेकाछन् ।