त्रिपुरा समाजको भवन उद्घाटन समाजको अध्यक्षमा अधिकारी निर्बाचित

टीकापुर,३० बैशाख/सुदुरपश्चिप प्रदेशका पूर्ब मन्त्री एबम नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर रणबहादुर रावलले सनिबार टीकापुर स्थित त्रिपुरा समाजको भवन उद्घाटन भएको छ  ।
प्रदेश सरकारको करिब २१ लाख रुपैया लागतमा निर्माण भएको हो । भवनलाई समाजको गतिबिधि अघि बढाउन प्रयोग गरिने जनाइएको छ । भवन उद्घाटन पछि डाक्टर  रावलले कुनै स्वार्थ नराखेर समाज लाई एकता गराउन भएको प्रयासको प्रशंसा गर्नुभयो । ‘‘भवन भएर मात्र भएन सही सदुपयोग हुनुपर्छ ’’ रावलले भन्नु भयो ,‘‘ सामाजिक गतिबिधिमा नयाँ नेतृत्वले अझ राम्रो काम गरोस्  ।’’ २०७६ सालमा स्थापना भएको  समाजको मुख्य उदेश्य समाजमा देखिएका बिकृति बिसगंतिका बिरुद्ध अभियान चलाउनु हो । यसै गरी सामाजिक एकता कायम गर्ने र  परम्परागत रितिरिवाजको संरक्षण गर्नु पनि हो ।
समाजका अध्यक्ष तारा प्रशाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष जगनाथ रिमालले गर्नुभएको थियो भने सञ्चालन महासचिब चक्र तिमिलसेनाले गर्नुभएको थियो । समाजको शनिबार नै साधारणसभा भएको छ । साधारणसभाले निर्बिरोध नेतृत्व समेत चयन गरेको छ । अध्यक्षमा तारा अधिकारी पुनः निर्बाचित हुनुभएको छ । यसैगरी उपाध्यक्षमा द्वारिका प्रशाद तिमिलसेना र कृष्णा भण्डारी, महासचिबमा भानुभक्त जैशी, सचिबमा शेरबहादुर बिष्ट र कोषाध्यक्षमा हस्ता भण्डारी चयन हुनुभएको छ ।
सदस्यहरुमा हिक्मत बिष्ट, बलबहादुर बोगटी , रामप्रशाद रिमाल र रतन टमट्टा चयन हुनुभएको छ ।