दरिद्र मानसिकता

सम्पादकीय
नेपालमा दिनप्रतिदिन मानवता हराउँदै गएको छ । धन सम्पत्ती र सत्ताका लागि जे पनि गर्न तयार हुने प्रबृत्ति नेपाली समाजमा बढ्दै गएको छ । ठूला नेता मानव तस्करीमा लागेका छन् भने अरुका के कुरा गर्नु रु टीकापुर ८ श्रीलंकामा लालपूर्जा हातमा भएर पनि जग्गा उपभोग गर्न पाएका छैनन् । बाढीले बिस्थापित भएका परिवार कणाली नदीले धार परिवर्तन गरेपछि जग्गा उपभोग गर्न खोज्दै छन् तर जनप्रतिनीधि र केही व्यक्तिहरु अर्काको जग्गामा रजाई गर्दै छन् । जग्गा नाप जाच गरेपछि सत्यतथ्य कुरा आउँछ भन्ने सबैलाई थाहा छ तै पनि जग्गा नापी गर्न दिइएको छैन । नदीले धार परिवर्तन गरेपछि नम्बरी जग्गा प्रष्ट देखिन्छ । नम्बरी जग्गा प्रष्ट देखिन्छ तर वडाध्यक्ष र केही स्थानीय जग्गा नापी गर्न अबरोध गर्छन् भने यो भन्दा लाजमर्दो कुरा के होला रु जग्गा नापी गरेर समस्या समाधान गर्न पहल वडाध्यक्षले गरेको भए नागरिकलाई सहज हुने थियो । जग्गा नापी गर्ने र नगर्ने बिषयमा यतिखेर त्यहा बिबाद बढाइएको छ । बिबाद बढाउनुको एउटै कारण हो जग्गा नापी नहोस् । जग्गा नापी भएपछि अर्काको जग्गा खान पाइदैन भन्ने बुझेका व्यक्तिहरु कै कारण समस्या बढेको हो । जग्गाको लालपूर्जा हातमा लिएर सरकारी निकाय धाइरहेका छन् तर सरकारी निकाय निरही भएको देखाउँछन् । स्थानीय सरकारका जनप्रतिनीधि र प्रशासनिक निकाय जग्गाधनीलाई अदालत जान सुझाव दिन्छन् । अदालत जान सुझाव दिनेहरु जनताका लागि के काम गर्छन् भन्ने प्रश्न उव्जन थालेको छ । नागरिकका समस्याका बारेमा वेवास्ता गर्ने प्रबृत्ति मौलाउँदै गएको छ । तसर्थ सरकारी निकायले यथासिघ्र टीकापुर ८ श्रीलंकामा जग्गा नापी गर्न पहल गर्न जरुरी छ । जनताले नापीलाई बुझाउने शुल्क समेत बुझाई सकेका छन् । यसमा राजनीतिक दलहरुले पनि चासो बढाउन जरुरी छ ।