दर्दनाक घटना

सम्पादकीय
माघे संक्रान्तिका दिन नेपालमा ठूलो दुर्घटना भयो । काठमाण्डौबाट पोखरा उडेको यती एयर दुर्घटना भयो । ७२ जनाले ज्यान गुमाए । नेपालको इतिहासमा यति धेरै संख्यामा यात्रुको निधन भएको हवाई दुर्घटना पहिलो हो । दुर्घटनाले देश बिदेशमा पीडा त दियो तर हरेक नागरिकले हवाई उडानका बारेमा प्रश्नै प्रश्न गरेका छन् । नेपालका सबै प्रणाली बेठिक भयो भन्ने आम गुनासो आउन थालेको छ । देश भ्रष्टाचारले गाँजियो भन्ने स्वर उठन् थालेको छ । व्यतिथीका बारेमा पटक पटक नागरिकले आक्रोस प्रकट गर्दै आएका छन् तर अहिले पीडामा पनि आएको आक्रोसले सरकार र नेताहरुप्रति तिब्र असन्तुष्टि छ भन्ने सन्देश हो । हवाईजहाज पूराना हुँदैनन् भन्ने प्राबिधिकको भनाई छ तर नागरिकले पुराना जहाज भन्दै टिकाटिप्पणी गरिरहेका छन् । यसको एउटै हो अर्थ नागरिकले शंका गरे । नागरिक आफै प्राबिधिक हुनुपर्ने भयो । आफै प्राबिधिक भएझै बोल्न बाध्य भए । सरकारले सहि समयमा जवाफदेहिता देखाएको भए नागरिकले पीडामा नानाथरी कुरा गर्ने थिएनन् । मुलुक शोकमा डुबेका बेला नागरिक सरकार बिरुद्ध बोल्नुपर्ने थिएन । मुलुक शोकमा भएका बेला नागरिक पनि शोकमा हुनुपर्ने हो तर नागरिकले नेताहरुप्रति औला उठाइरहेका छन् । हवाई यातायात बिश्वमै सुरक्षित यातायात मानिन्छ तर नेपालमा पटक पटक दुर्घटना हुने गरेका छन् । दुर्घटना भएपछि जाँचबुझ आयोग बनाउने र जनतालाई शान्त बस्न बाध्य बनाउँने तर आयोगले तयार पारेका प्रतिवेदन लागु नगर्ने र सार्बजनिक पनि नगर्ने प्रचलनले सरकारमा बस्नेहरु जवाफदेहिता भन्दा अलग बसेको प्रष्ट देखिन्छ । एउटा नागरिकको ज्यान अनाहकमा जान्छ भने सरकार गम्भिर हुनुपर्ने हो तर नेपालमा हवाई दुर्घटनाबाट आठ सय बढीको ज्यान गइसकेको तथ्याकं छ । यस्तो अवस्थामा पनि राजनीतिक दलका नेताहरु गभिंर छैन । सुरक्षित यात्रा मानिने हुवाई जहाज किन कसरी दुर्घटना भयो दुर्घटनामा को जिम्मेवार छ त्यसलाई कारबाही गर्नुपर्छ । कारबाही नगर्ने हो भने लापरबाही बढ्दै जान्छ । तसर्थ सरकारले यस पटक शोकमा बिदा दिएको छ । यसरी बिदा दिएर हवाई यात्र सुरक्षित हुँदैन । झारा टार्ने काम बन्द हुनुपर्छ ।